काठमाडौँ- प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी रोपाईँ दही चिउरा खाएर मनाइँदै छ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्।
यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।
कृषिमन्त्री पनि रोपाहार [फोटो फिचर]
नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा आयोजना गरेको २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले रोपाइँ गरेका छन्।
हेरौँ तस्बिरहरू
तस्बिर : नेपाल फोटो लाइब्रेरी


