२०८३ असोज २२ गते बिहिबार

६ महिनादेखि नेसंविका अध्यापक र कर्मचारीले तलव पाएनन्, किन रोकियो?

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, असार १९
nsu

काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको तलव ६ महिनादेखि रोकिएको छ। सरकारले विश्वविद्यालयका खातामा रकम निकासा गरेको भएपनि विश्वविद्यालयको आन्तरिक किचलो र पदाधिकारीले चासो नदिँदा प्राध्यापक/कर्मचारीहरूको तलव रोकिएको हो।

विश्वविद्यालयको खातामा रकम हुँदाहुँदै आफूहरूको खातामा तलव निकासा नगरिएको भन्दै कर्मचारी र अध्यापकहरू आक्रोशित बनेका छन्। उनीहरूले जतिसक्दो छिटो तलव निकासा गर्न माग गरेपनि त्यसलाई विश्वविद्यालयका जिम्मेवारहरूले बेवास्ता गर्दै आएका छन्।विश्वविद्यालयका उपकुलपति तथा कूलसचिव (रजिस्ट्रार)को गैरजिम्मेवारीपनका कारण कर्मचारीहरू र अध्यापकहरूले तलव नपाएको नेसंवि प्राध्यापक संघ उपसभापति विष्णु पन्थीले बताए। ‘तलब रोक्नुपर्ने कुनै कारण छैन। रजिस्ट्रार हामीहरूसँग अब हुन्छ, अब हुन्छ भन्नुहुन्छ। तर काम अघि बढाउन चासो व्यक्त नै गर्नुहुन्न,’ उनले भने।

तलब नपाउँदा धेरै प्राध्यापक तथा कर्मचारीका परिवारमा समेत असर परेको छ। छोराछोरीको पढाइदेखि लिएर दैनिकीको खर्च व्यवस्थापन गर्न नसक्दा उनीहरू मानसिक तनावमा परेका छन्।

यता विश्वविद्यालयका पदाधिकारीका कारण आफूहरूको तलव रोकिएको विश्वविद्यालय क्याम्पसका एक कर्मचारीको आरोप छ। ‘पदाधिकारीहरू घुमफिरमा व्यस्त हुनुहुन्छ। कर्मचारीको तलव रोकिएको यतिका समय भइसक्दा पनि उहाँहरू अझ गैरजिम्मेवार भएर प्रस्तुत हुनुहुन्छ। पदाधिकारी र जिम्मेवारहरूको स्वार्थको लडाइँले हामी मारमा परिरहेका छौँ।’ अब पनि तलव निकासा नहुने हो भने आन्दोलनमा उत्रनुको विकल्प नभएको उनको चेतावनी छ।

विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारी भने लामो समयसम्म विद्यार्थीहरूको तालावन्दीका कारण प्रशासनिक कामकारवाही प्रभावित भएको दाबी गर्छन्। ५ महिनासम्म विश्वविद्यालयमा तालाबन्दी भयो। तालबन्दी खुलेपछि हामीले कर्मचारी र अध्यापकहरूलाई तलव निकासा गर्ने कुरामा सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ,’ उनले भने, ‘अब हामी चाँडै तलव निकासा गर्छौँ। आन्तरिक विषयहरू पनि छन्। त्यसलाई समाधान गरेर तलव खुवाउने काममा हामी लागिसकेका छौँ।’

किन रोकियो तलव?
तलव रोकिनुको कारण तालबन्दीलाई देखाइए पनि यसको खास कारण भने स्वार्थको लडाइँ रहेको पाइएको छ। विश्वविद्यालयका तत्कालीन उपकुलपति यादव प्रकाश लामिछानेले आफू बिदा हुने बेलामा १६ जनालाई विभिन्न शाखाहरूमा कायममुकायम प्रमुख तोकेर बिदा भएका थिए। विश्वविद्यालयमा पछि आएकाे नयाँ पदाधिकारीले लामिछानेले तोकेका कायममुकायमलाई उक्त जिम्मेवारी दिन तयार भएनन्। त्यही जिम्मेवारी नदिएका कारण १६ जनाले मिलेर विश्वविद्यालयका पुरै कामकारबाही प्रभावित भएका हुन्।

तत्कालीन उपकुलपति लामिछानेले विश्वविद्यालयको ऐन/नियम मिचेर कामु तोकेकाले मान्न नसकिने अडानमा पदाधिकारी छन्। तर कामु प्रमुख बनेकाहरू आफूहरूले पाएको जिम्मेवारी त्याग्न तयार छैनन्।

विश्वविद्यालयका अध्यापक र कर्मचारीहरूलाई तलव निकासा गर्न बजेट महाशाखाका प्रमुख र रजिस्ट्रारको हस्ताक्षर आवश्यक हुन्छ। बजेट महाशाखामा प्रमुख छैनन्। सहलेखा नियन्त्रक प्रकाशकुमार आचार्यलाई कामु प्रमुख तोक्ने काम तत्कालीन उपकुलपति लामिछानेले गरेका थिए। उनले आफूलाई बजेट महाशाखाको कामु प्रमुख तोक्ने काम वैधानिक रूपमा भएकाले आफूलाई कामु प्रमुख दिए मात्र बजेट निकासा गर्ने अडान लिँदै आएका छन्। उनको टिप्पणीबिना कर्मचारी र अध्यापकको तलव निकासा नहुने भएकाले उनीमाथि दबाब पर्‍यो। अनि असार ४ गते कामु प्रमुखकै हैसियतमा टिप्पणी उठाएर पठाए। तर रजिस्ट्रार अधिकारीले त्यसलाई स्वीकार गर्न तयार छैनन्।

आफूहरूलाई पदाधिकारीहरूले कामु प्रमुख मान्न तयार नभएको भन्दै आफूहरू उच्च अदातलमा गएको आचार्यले बताए। तर शिक्षक र कर्मचारीको तलव रोक्नु हुन्न भन्ने मनशायले असार ४ गते नै आफूले टिप्पणी उठाएर पठाएको तर रजिस्ट्रारका कारण तलव रोकिएको आचार्यको भनाइ छ।

‘आफूहरूलाई कामु प्रमुखका रूपमा नै काम गर्न दिन माग गर्दै हामी अदालत गयौँ,’ आचार्यले नेपालक्लिक्ससँग भने, ‘कामु प्रमुखकै हैसियतमा मैले तलव निकासा गर्न टिप्पणी उठाएर असार ४ गते नै रजिस्ट्रारलाई पठाइसकेको छु। बाँकी उतै बुझ्नुहोला।’

आचार्यसहितले हालेको रिटमाथि सुनुवाइ गर्दै तुलसीपुर उच्च अदालतले यथास्थितिमा राख्न आदेश दिएकाले आफूहरूको कामु प्रमुख पद यथावत रहेको अदालतको आदेशलाई स्वीकार गरेर जानु विश्वविद्यालयका पदाधिकारीको पनि कर्तव्य हुने आचार्यको भनाइ छ। तर नयाँ पदाधिकारीले त्यसलाई स्वीकार नगरेका कारण कामु प्रमुखहरू र पदाधिकारीको द्वन्द्व चुलिँदा त्यसको मार विश्वविद्यालयमा काम गर्नेहरुमाथि परेको छ।

१२ पुसमा केन्द्रीय कार्यालयको मूल गेटमा मा‌ओवादी निकट अनेरास्ववियुले लगाएको ताला २३ जेठबाट खुलेको छ। ताला खुलेको एक हप्ताभित्रै तलव उपलब्ध गराउँने भनिएको थियो।

उपकुलपति आएको ६ महिनासम्म पनि आफूहरूको समस्याको निकास दिन नसकेको भन्दै कर्मचारीहरू र अध्यापकहरू आक्रोशित छन्।

प्रकाशित: २०८२ असार १९ गते बिहिबार १०:३९
प्रतिक्रिया

थप समाचार

ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

काठमाडौं। ग्लोबल आइएमई बैंकले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने...

कांग्रेस महाधिवेशनः प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार...

भोटेकोशी बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युतको ऋण १७.७० अर्ब, आयोजनाको भविष्य अनिश्चित

आयोजना पुनर्निमाण अनिश्चित बनेको छ। बिजुली उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ।

विद्युत नियमन आयोगको वार्षिक प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता,...

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र संभव हुने...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना