काठमाडौँ- बर्खा लागेपछि काठमाडौँका तरकारी तथा फलफूल बजार अस्तव्यस्त हुन्छन्। सामान्य अवस्थामा पनि तरकारी बजार त्यसै पनि अलिअलि हिलो भइरहने ठाउँ हो। त्यसमाथि पानी पसेपछि हिलाम्य हुने गरेको छ। काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारको हालत त्यस्तै भएको छ।
बजार क्षेत्र जलमग्न हुन थालेपछि व्यापारीका साथै ग्राहकलाई पनि समस्या भएको छ। बजार सुक्खा र सफा नहुँदा व्यापार समेत घटेको थोक बिक्रेताहरुले बताएका छन्।
बजारको संरचना व्यवस्थित नहुँदा र नाली प्रणाली कमजोर हुँदा हरेक वर्षायाममा यस्तो समस्या दोहोरिने गरेको व्यापारीहरू बताउँछन्। विगतका बर्खायाममा पनि बागमतीको बाढी फलफूल बजारमा पसेर बिजोग भएको हुने गरेको छ। यसपालि बाढी नपसोस् भनेर यहाँ पुग्नेहरूले प्रार्थना गरिरहेका छन्।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


