काठमाडौं – उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। संघले विभिन्न अस्पताल प्रमुख, मेडिकल र डेन्टल कलेज, चिकित्सक तथा स्वास्थ्यकर्मी संघ-संगठनहरूसँगको छलफलपछि आकस्मिक कार्यकारिणी बैठक बसेर आन्दोलनको कार्यतालिका तय गरेको हो।
आन्दोलनका कार्यक्रम
३. असार २३, सोमबार – देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने।
४. सोमबारसम्म – चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने।
५. असार २४, मंगलबार – चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउने।
संघले चिकित्सक समुदायको आन्दोलनमा ऐक्यबद्धता जनाउने सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै, यो कदमबाट सर्वसाधारणलाई पर्ने असहजताको जिम्मेवारी राज्यकै हुने उल्लेख गरेको छ।
ऐक्यबद्धता जनाउने संस्थाहरूमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभीएमआईए, एनपीएचओ रहेका छन्।




