काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरू वडाध्यक्षको तहमा झरेको टिप्पणी गरेका छन्। संसदीय क्षेत्र पूर्वाधार विकास साझेदार कार्यक्रम (संसद विकास कोष) पुनः सुरू गरिएपछि उनको यस्तो टिप्पणी आएको हो।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा एउटा निर्वाचन क्षेत्रका लागि ५ करोड दिने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम सुरु गरिने घोषणा गरेका थिए।
‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू?’
१६५ निर्वाचन क्षेत्रमा खडा हुने सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको छ।
सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो ।
वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।
— Balen Shah (@ShahBalen) May 30, 2023


