नयाँदिल्ली– भारतीय वायुसेनाको विमान राजस्थानको चुरु जिल्लामा दुर्घटनामा परेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार नियमित प्रशिक्षण मिसनका क्रममा विमान उड्दाउड्दै जमिनमा खसेको हो।
वायुसेनाले जारी गरेको विज्ञप्तिअनुसार दुर्घटनामा विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको छ।
यसबाहेक अन्य कुनै नागरिक वा सम्पत्तिलाई क्षति नभएको भारतीय वायुसेनाले जनाएको छ।
वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी गठन गरेको छ। सेना स्रोतका अनुसार विमान सुरतगढ एयरबेसबाट उडेको थियो।


