काठमाडौँ- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र ल्याउनुपर्नेमा काठमाडौं महानगरपालिकाले करिब तीन साता ढिलो गरी ल्याएको छ। आइतबार मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरिन्।
मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण समयमा नीति तथा कार्यक्रम र बजेट नआएको हो। यो विवाद आइतवार १७औं नगर सभामा पनि पोखियो। मेयर शाहले सम्बोधनका क्रममा उपमेयरलाई मात्र सम्बोधन गरे, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको नामै लिएनन्।
गुरागाईंको छटपटी प्रष्टै देखियो। उनी घरी घडी हेर्ने घरी यताउति हेर्ने गरिरहेका थिए। मेयर र उपमेयर भने घरीघरी एकअर्कातिर तन्किएर कुरा गरिरहेका देखिन्थे। मेयर निस्किएपछि मात्र उनी खुलेका थिए।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


