पोखरा- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बिचौलियाबीच भएको घुसका लागि संवाद गरेको पोखरा पोखरा बाटुले चौरमार्ग पर्छ।
लिची गार्डेन भनेर चिनिने सो जग्गा आफूले चाहेको व्यक्ति नाममा दर्ता गराउनका लागि बिचौलियाले मन्त्रीसँग घुससंवाद गरेका थिए।
बिचौलियाको नाम खुलेको छैन। तर बिचौलियाले उक्त जग्गा हडप्नका लागि भूमि आयोगमा खमबहादुर पुनलाई अध्यक्ष बनाउन चाहेको कुराकानी गरेका थिए।
यस्तै रामचन्द्र अधिकारीलाई कास्कीको मालपोतमा सरुवा गर्न मन्त्री गुप्तासँग घुसको डिल भएको थियो।
यो जगगाको क्षेत्रफल १२३ रोपनी भएको बताइएको छ। बिचौलियाहरूले भनेका व्यक्तिलाई नियुक्ति दिलाउन मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ घुस लिएको आरोप छ। पछि बिचौलियाले घुसका लागि पैसाको सुटकेश मन्त्री क्वार्टरमा नै छोडेर गएको बताइएको छ। यद्यपि यो विषयमा सार्वजनिक भएको अडियोबाहेक थप प्रमाण नभएको बताइएको छ।
अडियोमा सुनिएका ती बिचौलियाले करिब दुई वर्षदेखि उक्त जग्गा दर्ता गर्न कसरत गरिरहेका थिए। उक्त घुस डिलमा मुछिएको मन्त्री गुप्ताले पदबाट राजीनामा दिइसकेका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


