काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेकी छन्। दिउँसो ३ बजे हुने भनिएको ओलीसँगको भेटका लागि विद्या च्यासल पुगेकी हुन्। तर ओली भने केही ढिला गरी च्यासल पुगेका थिए।
भण्डारीको सदस्यता र जिम्मेवारीका विषयमा ओली र भण्डारीबीच कुराकानी हुने यसअघि नै एमाले नेता प्रदीप ज्ञवालीले बताइसकेका छन्। तर विद्या एमाले राजनीतिमा नफर्किउन् भन्ने चाहन्छन् भने विद्या जसरी पनि एमाले राजनीतिमा आउन चाहन्छिन्। यो विवाद मिलाउन एमाले नेताहरूले ओलीलाई जिम्मा दिएका थिए।
शनिवार पोलिटब्युरो बैठकपछि विद्याको सदस्यता पेन्डिङमा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए। त्यहीबारे छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन्।
यसअघि अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए। भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्किएको विषयमा अध्यक्ष ओलीले छलफल गर्ने बताएका थिए।
एमाले केन्द्रीय कमिटी बैठक बस्नुअघि विद्या ओलीलाई भेट्न पार्टी कार्यालय जाने भएकी हुन्। सोमबार एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।


