२०८३ कार्तिक १६ गते आईतबार

बालविवाहको उमेर नघटाउन माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
WhatsApp Image 2025-07-20 at 12.24.27

काठमाडौँ- बालविवाहको उमेर नघटाउन सरोकारवालाहरूले माग गरेका छन्। आइतबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको छलफल कार्यक्रममा बालबालिकाको अधिकार र हक तथा महिला र बालिकाविरुद्ध हुने हिंसालगायतका विषयमा छलफल कार्यक्रममा सरोकारवालाहरूले यस्तो माग अघि सारेकाहुन्।

नेपालको विश्वव्यापी आवधिक प्रतिवेदन (युपीआर)को चौथो चरण समीक्षा अन्तर्गत नागरिक समाजको तर्फबाट एफडब्लुएलडीले दिएको सुझावका बारेमा अधिवक्ताद्वय दीपेश श्रेष्ठ र रोजिना श्रेष्ठले प्रस्तुति दिएका थिए।

प्रस्तुतिमा बालविवाहको उमेर घटाउन नहुने, बाल विवाहमा बालबालिकालाई कानुनी कारबाही गर्न नहुने, बालविवाहमा परेका बालबालिकालाई सहयोग प्रणाली स्थापना गर्ने लगायतका विषयहरुमा नागरिक समाजले युपिआरको चौथो चक्र समीक्षाअन्तर्गत सुझाव दिएको छ।

अधिवक्ता श्रेष्ठले दिएको प्रस्तुतिमा युपीआर के हो, के गर्छ र कसरी गठन हुन्छ भन्ने विस्तृत जानकारी दिएका थिए। युपीआरमा १९२ राष्ट्रको मानवअधिकारको अवस्था हेरेर समीक्षा गर्ने, सिफारिस गर्ने र युपिआरको उद्देश्यमा उनले स्पष्ट पारेका थिए।

युपिआरका सुचनाका आधार, समीक्षा, समीक्षाको कार्यान्वयन र अघिल्लो समीक्षाको मूल्यांकन हुने उनले बताए। अब २६ जनवरी २०२६ मा समीक्षा हुने उक्त सम्मेलनमा नागरिक समाजले बालबालिकाको पहिचान र हिंसामा परेका बालबालिकालाई संरक्षण गर्ने कानुन निर्माणमा सरकारलाई पनि सुझाव दिएको उनले बताए।

यसैगरी अधिवक्ता रोजिना श्रेष्ठले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाका बारेमा प्रस्तुति दिएकी थिइन्। उनले लैगिक हिंसाविरुद्धको एकीकृत छाता कानुन ल्याउनुपर्ने, मानव तस्करी सम्बन्धी छुट्टै कानुन बनाउनुपर्ने, मानव बेचविखन तथा ओसारपसारविरुद्ध, महिला तथा बालिकाविरुद्ध हुने हिंसा, हानिकारक प्रथा तथा अभ्यासहरु र यौन श्रमबारे सुझाव दिइएको उनले बताइन्।

राष्ट्रिय मानवअधिकार आयोगले झन्डै ४० हजार ३ सय पिडित रहेको भने पनि वास्तवमा १९ लाख १४ हजार मानिस पीडित रहेको तथ्यांक उनले प्रस्तुत गरेकी थिइन्। विश्वव्यापी आवधिक प्रतिवेदनको तेस्रो चक्रले दिएको र नेपालले स्वीकारेको सुझावहरु कार्यान्वयनमा नआएको उनले बताइन्। सरकारले पीडित पहिचान, उद्दार तथा फिर्ता आदिको लागि कार्यविधिहरु अहिलेसम्म नबनाएको, अहिलेसम्म देशभरमा १० वटा मात्र पुनस्र्थापना बनाएको उनले बताइन्। उनले पुनस्र्थापना केन्द्रहरु बढाउनुपर्नेमा जोड दिइन्।

यसैगरी मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र वैदेशिक रोजगारी ऐन २०६४ लाई पार्लेमो प्रोटोकल अनुरुप संशोधन गरिएको छैन, अधिवक्ता श्रेष्ठले भनिन्, ‘कार्यान्वयन हुने क्रममा छ तर त्यो थोरै मात्र भएको छ। विदेशबाट श्रमका लागि नेपाल ल्याइनेलाई पनि समेट्ने कानुन निर्माण आवश्यक छ।’

स्वनिर्णयमा गरिने यौन श्रमलाई निरअपराधिकरण गर्नुपर्ने, यौन श्रमलाई मानव बेचविखनभन्दा भिन्न राखिनुपर्ने, यौन श्रमिकलाई हिंसा तथा शोषणबाट सुरक्षित राख्न कानुन ल्याउनुपर्ने र छोड्न चाहनेहरुलाई वैकल्पिक रोजगारको बाटो उपलब्ध गराउनुपर्ने, ‘वेश्यावृत्ति र ‘वेश्या’ जस्ता शब्दको सट्टा यौन श्रम र यौन श्रमिक शब्द प्रयोग गर्नुपर्ने सुझाव दिएको अधिवक्ता श्रेष्ठले बताइन्।

प्रकाशित: २०८२ साउन ४ गते आईतबार ०५:५६
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना