काठमाडौँ- कम्मेन्टमा गालीको वर्षा हुन थालेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले फेसबुक पेजमा कम्मेन्ट सेक्सन नै अफ गरिदिएको छ।
समर्थकहरूले चर्को आलोचनाका कम्मेन्ट आउन थालेपछि पेजबाट कम्मेन्ट सेक्सन नै बन्द गरिएको हो।
सोमबार बंगलादेशको ढाकामा सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० को फराकिलो अन्तरले पराजित भएको थियो।
खेल सकिएलगत्तै एन्फाले आफ्नो फेसबुक पेजमा राखेका पोस्टहरूमा कमेन्ट गर्न नमिल्ने बनाएको हो।
खेलको पहिलो हाफ टाइमसम्म पनि कमेन्ट सेक्सन खुला थियो। तर यतिबेला कम्मेन्ट गर्न सक्ने सुविधा बन्द छ।


