२०८३ कार्तिक १२ गते बुधबार

विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्न गृहले गर्‍यो सम्झौता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ६
drone_home ministry

काठमाडौँ- सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ।

मंगलबार गृह मन्त्रालयमा विपद् प्रतिकार्यमा मानवरहित ड्रोन प्रयोग सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल ड्रोन संघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापछि गृहमन्त्री लेखकले विपद्को पूर्वसूचना र प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न जरुरी रहेको बताउँदै पूर्व सूचनालाई चुस्तदुरुस्त गर्ने गरी अगाडी बढेको जानकारी दिए।

“हामी विपद्को उच्च जोखिम भएको भूगोलमा छौं। बाढी पहिरो, भूकम्प, चट्याङ र लूदेखि हिउँ लाग्ने सम्मको जोखिममा छौं,’ मन्त्री लेखकले भने, ‘हामी अब नीजि क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिहरु पनि विपद् प्रतिकार्यमा जोडिनुपर्छ भनेर समझादारी गरेका छौं।’

मन्त्री लेखकले विपद् प्रतिकार्यमा सबैले साझा रुपले हातेमालो गरेर विपद्को व्यवस्थापनका लागि सरकार र नीजि क्षेत्र समेत मिलेर अगाडी बढ्ने काम भइरहेको बताए। नागरिकको जिउधनको रक्षा गर्ने विषयसित जोडेर राष्ट्रको महत्वपूर्ण दायित्व पालना गर्न अघि बढेकोप्रति ड्रोन संघलाई मन्त्री लेखकले धन्यवाद समेत ज्ञापन गरे।

अब ड्रोनको प्रयोग गरी खोज तथा उद्धार, राहत वितरण तथा अन्य सामाग्री ढुवानी, विपद् प्रभावित क्षेत्रको निरिक्षण, भौगोलिक नक्साङ्कन तथा इिमेजिङ, क्षति मूल्याङ्कन र सूचना संकलन तथा विश्लेषण कार्य गरिनेछ।

त्यस्तै विपद्को समयमा ड्रोनको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखी माग गरेमा ड्रोन संघले निःशुल्क रूपमा ड्रोन र तत् सम्बन्धी उपकरण (पाईलट सहित) उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ। र सो कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था प्राधिकरणले गर्नेछ।

प्रचलित कानून र ड्रोन उडान सम्बन्धी अनुमति लिएका ड्रोन र पाइलट विपद्को समयमा परिचालन गर्न आवश्यक समन्वय र सहजीकरण प्राधिकरणले गर्ने भनिएको छ।

ड्रोन सञ्चालनका सन्दर्भमा आवश्यक मार्गनिर्देशन, समन्वय र सहजीकरणका समन्वय समिति गठन समेत गरिएको छ। जसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा प्रमुख संयोजक रहनेछन्।

प्राधिकरणको समन्वयमा तत्काल ड्रोन उडान गर्ने÷गराउने गरी गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले परिचालन गर्नेछ। उक्त समझदारी एक बर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने शर्त राखिएको छ।

कार्यक्रममा निमित्त गृहसचिब जयनारायण आचार्य, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्ट, नेपाल ड्रोन संघका अध्यक्ष राजबाबु महर्जन लगायतको सहभागिता रहेको थियो। यसअघि मन्त्रालयले हेलिकप्टर एसोसियसनसंग पनि विपद् प्रतिकार्यका लागि निःशुल्क हवाई उद्दार लगायतका विषय समेटेर समझदारी गरेको थियो।

प्रकाशित: २०८२ साउन ६ गते मङ्गलबार ०६:१६
प्रतिक्रिया

थप समाचार

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना