२०८३ साउन १३ गते बुधबार

अध्यात्म, सेवा र नेतृत्वमा उतिकै सक्रिय दिनेश

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ६
dinesh

काठमाडौँ महानगरपालिका–२९ स्थित सिनामंगल क्षेत्रमा हरदिन हजारौँ मानिसहरूको ओहोरदोहोर हुन्छ। सिनामंगल लक्ष्मीनारायण मन्दिर टोलवासीहरूका लागि आध्यात्मिक अभियानको केन्द्र बनेको छ। यसको अगुवाइ गरिरहेका छन्- दिनेशविक्रम शाह।

शाह काठमाडौंमा जन्मिए। बाल्यकाल सहज थियो। भौतिक सुखसयलमा हुर्किए। तर युवावस्थादेखि उनी कर्म, त्याग र श्रद्धामा विश्वास गर्न थाले। यतिबेला उनलाई कतिपयले ‘आध्यात्मिक पागल’ भनिदिन्छन्। धर्मलाई कर्म बनाउँदै, भजनका माध्यमबाट शान्तिचेत विस्तार गर्न उनी नियमित खटिएका छन्। युवाहरूलाई आराधनातर्फ फर्काउने यात्राको नेतृत्व गरिरहेका छन्। सिनामंगल पुलछेउको लक्ष्मीनारायण मन्दिरलाई केन्द्रबिन्दु बनाएर  शाहले श्रद्धा, सेवा र संगठित कर्मको अभ्यास गरिरहेका छन्।

राजनीति, सेवा र धर्मसंस्कृतिमा उनको लगाव नजिकबाट नियाल्नेहरूले उनलाई एकोहोरो भनिदिन्छन्। प्रत्युत्तरमा दिनेश सम्झन्छन्- महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘पागल’का लाइनहरू।

‘जरूर साथी म पागल !
यस्तै छ मेरो हाल।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई स्वाद लिन्छु।

‘धर्म केवल कर्मकाण्ड होइन, यो त दुःख परेकाहरु सँगै उभिने साहस हो, भजनमार्फत युवालाई आत्माको आवाज सुनाउने प्रयत्न हो,’ दिनेश आध्यात्मिक गुरु सुनिन्छन्। धर्म र अध्यात्मलाई उनले सेवामा समर्पित जीवनयात्राका रूपमा आत्मसात गरेका छन्।

‘हाम्रो सनातन धर्मको समृद्ध परम्परा छ, तर अहिलेको पुस्ता भौतिकवादतर्फ आकर्षित हुँदैछ। भजनमार्फत हामी उनीहरूलाई मूल मर्ममा फर्काउन चाहन्छौँ,’ शाहले भने। विगत दुई वर्षदेखि हरेक साँझ सिनामंगलको लक्ष्मीनारायण मन्दिरमा शाहकै सक्रियतामा नियमित आरती भइरहेको छ। भजनको संयोजन सामाजिक सञ्‍जालमा सक्रिय समूह एमआरआरले गरिरहेको छ।

शाहका अनुसार भजनमार्फत युवालाई धार्मिक आस्था र आध्यात्मिक चेतनातर्फ आकर्षित गर्ने उद्देश्यले यो अभियान थालेका हुन्। धर्म केवल विधिपूर्वक गरिने पूजाको मात्र कुरा मात्र नभई सेवा, सहिष्णुता, संयम र सद्भाव सिकाउने जीवनशैलीका रूपमा लिन्छन् उनी।

शाहको पहलमा मन्दिरमा पुनःनिर्माण, सौन्दर्यीकरण, नियमित पूजाआजा, भजन, धार्मिक प्रवचन लगायतका कार्यक्रमहरू चलाइएका छन्। हरेक बेलुका हुने आरती र हरेक शनिबार हुने भजनमा बालबालिकादेखि वृद्धवृद्धासम्मको बाक्लो उपस्थिति देखिन्छ। ‘हामी आधुनिक युगमा छौँ, तर संस्कार र संस्कृति जोगाउन सकेनौँ भने हाम्रो पहिचान हराउनेछ,’ शाहको तर्क छ। उनले धार्मिक स्थललाई सामाजिक समृद्धिको आधारका रूपमा हेर्छन्।

नौरथा (आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म)को बेला पूजापाठमा दिनेश।

शाहलाई पत्रकारितामा लागेकाहरुले अन्नपूर्ण पोस्टका फोटो पत्रकारका रूपमा चिन्छन्। राजनीतिमा लागेकाहरुले तरुण दलको नेताका रूपमा। अनि विपद् पूर्वकार्य र उद्धार तथा राहतमा सक्रियहरूले समाजसेवीका रुपमा चिनेका छन्। धर्मप्रति आस्था राख्‍नेहरुले कट्टर अनुयायी भनेर चिन्छन्।

राजनीतिक, सामाजिक र मानवीय सेवाका क्षेत्रमा सक्रिय शाह पछिल्लो समय आध्यात्मिक पुनर्जागरणका अभियन्ताका रूपमा आफ्नो परिचय विस्तार गरिरहेका छन्। अन्नपूर्ण पोस्टका फोटो पत्रकार बनेर पत्रकारितामा छिरेका शाहले संवेदनाहरूलाई पनि दस्तावेजीकरण गरे। क्यामेराबाट दृश्य खिच्दै गर्दा उनले महसुस गरे- केवल दृश्य होइन, प्रत्यक्ष कर्म आवश्यक छ। यही अनुभूतिले उनलाई सेवा र नेतृत्वतर्फ अग्रसर गरायो। पत्रकारिताले समाचार दिने मात्र काम गर्न सक्ने, सम्बन्धितलाई जिम्मेवार बनाउन प्रयास गर्ने तर फिल्डमा नै गएर खटिने काम गर्न सअसज हुने उनले महसुस गरे। अनि आफैँ होमिए। ‘तस्बिर खिचेर मात्र सबै कुराको समाधान निस्कने रहेनछ। प्रत्यक्ष काम पनि चाहिने रहेछ। तर कतिपय कामका लागि फेरि पत्रकारिता पनि चाहिने रहेछ। यी दुवै काम एकैपटक गर्न गाह्रो भएपनि एकअर्कामा अन्योन्याश्रित रहेछन्,’ उनले भने।  पत्रकारिताका केही पक्षहरूमा अभ्यास गरिसकेपछि उनी सेवातर्फ लम्किएका थिए।

भौतिकवादी समाजमा युवालाई आध्यात्मिकतर्फ डोहोर्‍याउनु सहज काम होइन, तर त्यसकै लागि उनी प्रयासरत छन्। उनका अनुसार अध्यात्ममा केवल पूजाआजा मात्र हुँदैन; सिर्जनात्मक ऊर्जा, सहभाव र आत्मसमीक्षा हुन्छ। गीत, संगीत, कविता, वादन र नाटकमार्फत धर्मको गहिराइ बुझाउने प्रयासमा छन्। उनलाई नजिकबाट चिन्‍नेहरुले उनलाई सामाजिक आध्यात्मिक जागरणका अगुवा ठान्छन्।

तरुण दलको कार्यक्रममा दिनेश (झण्डा उठाएका)। तस्बिर : प्रविन रानाभाट/पहिलो पोस्ट

सन् २०२० मा कोरोना महामारी फैलिएपछि देशभर त्रास र अभाव थियो। लकडाउनमा मानिसहरू कैदीजस्तै बस्न बाध्य थिए। तर मानिसहरूको आर्तनाद कतै कैद थिएन। शाह सरकारले भनेको नियममा बस्न सकेनन्। मास्क, स्यानिटाइजर र खाद्यान्न वितरणको अग्रपंक्तिमा उभिए। बानेश्वर, गोंगबु, सिनामंगललगायतका क्षेत्रमा उनी स्वयं राहत बोकेर पुग्थे।

‘साँझ–बिहानको छाक कसैले दिन्छ कि भन्ने आशामा मानिस थिए। बन्दाबन्दी थियो। यस कुराले मलाई घरभित्र बस्न दिएन,’ उनले सम्झिए। शाहले तत्कालै स्थानीय युवाहरूलाई सङ्गठित गरेर ‘मिर्मिरे युवा समाज’ मार्फत मास्क बनाउने, प्याड उत्पादन गर्ने कार्य थाले। दैनिक हजारौं थान मास्क निःशुल्क वितरण भयो। उनले वृद्धवृद्धा, गरिब मजदुर, सडकमा अलपत्र परेकाहरूसम्म पुगेर राहत पु-याए। उनी स्वयं कोरोना संक्रमित भइसकेका थिए, तर निको भएपछि पुनः नियमित सेवामा फर्किए। ‘कोरोनाले मलाई छोयो, थलायो तर रोक्न सकेन,’ उनले ती दिन सम्झिए।

२०७२ को महाभूकम्प होस् अथवा जाजरकोटको नै किन नहोस्। राहत वितरणका उनी अगुवा बने। कोशीका बाढीपीडितका लागि आवश्यक लुगा र खाद्यान्न बोकेर दौडिएका थिए।

काठमाडौं डेंगीको महामारीको हटस्पट बन्दा टोलटोलमा औषधि स्प्रे गर्ने, सरसफाइ गर्ने अभियान चलाए। एयरपोर्ट टोलदेखि शंखमूल, बानेश्वर, शान्तिनगर क्षेत्रसम्म उनले औषधि छर्किने र जनचेतनामूलक अभियान चलाए। यीनै कामका लागि उनलाई पत्रकारिता सीमायुक्त लाग्यो, सेवामा सीमा नहुने उनले महसुस गरे।

‘दिनेशजी हाम्रो टोलका संकटका मार्गदर्शक हुन्,’ सिनामंगल लक्ष्मीनारायण मन्दिरका नियमित आगन्तुकले उनको प्रशंसा गरे।

राजनीति, समाजसेवा र अध्यात्म: तीन धारालाई एउटै लयमा लैजान चाहन्छन् दिनेश। ‘हाम्रो धर्म सांस्कृतिक पहिचानको मेरुदण्ड हो, यसलाई हामीले आधुनिक मूल्यहरूसँग जोड्न सक्नुपर्छ,’ उनी भन्छन्। धार्मिक चेतनालाई सामाजिक जागरणसँग र सामाजिक जागरणलाई राजनीतिमा जोडे राजनीतिकर्मीको छवि उज्यालिने शाहको तर्क छ। नैतिक पतन, आध्यात्मिक विचलन, भौतिकतावादको दौडलगायतका राजनीतिकर्मीका समस्या समाधानका लागि आध्यात्मिक ज्ञान मार्गदर्शक बन्ने उनलाई लाग्छ।

‘राजनीति सत्ता प्राप्तिको साधनमा सीमित बन्दा सामाजिक सेवा नाराभित्र बन्देज बनेको छ। अध्यात्म व्यापारमा रूपान्तरण हुँदैछ। युवापुस्ता लोभमा पश्चिमा संस्कृतिको अन्धाधुन्ध अनुकरणमा पोख्त छ,’ दिनेश भन्छन्, ‘यसले हाम्रो पहिचान खतरामा परेको छ। युवालाई हाम्रा मूल्यमान्यता, परम्परा, संस्कृति र पूर्वीय जीवनदर्शन सिकाउन आवश्यक छ। यसका लागि राजनीति, सेवा र अध्यात्म उपयुक्त उपकरण बन्न सक्छन्। यही विश्वासमा म अघि बढिरहेकै छु।’

प्रकाशित: २०८२ साउन ६ गते मङ्गलबार ०७:१५
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना