२०८३ कार्तिक २१ गते शुक्रबार

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १२
elon_musk

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन।

यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै ‘द इकोनोमिस्ट’को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा उनले अबको १० वर्षमा एआई र रोबोटहरूले मानिसले उपभोग गर्न सक्नेभन्दा बढी सामान र सेवाहरू उत्पादन गर्ने बताए। प्रविधिको विकासले गर्दा सामान र सेवाहरू यति धेरै उत्पादन हुनेछन् कि कसैलाई पनि अभाव नहुने उनले बताए।

मस्कका अनुसार अबको करिब ५ वर्षमा एआईको क्षमता संसारका सबै मानिसको दिमाग जोड्दा जति हुन्छ, त्योभन्दा बढी हुनेछ। मानव हुनु’बाहेक एआईले मानिसले भन्दा राम्रोसँग गर्न नसक्ने कुनै पनि काम बाँकी नरहने उनको दाबी छ।

उनी भन्छन्, ‘तपाईँलाई पैसा किन चाहिन्छ? सामान र सेवाका लागि, हैन त? तपाईँलाई खाना, आवास, यातायात र मनोरञ्जनका लागि पैसा चाहिन्छ। यदि रोबोट र एआईले मानिसले उपभोग गर्न सक्नेभन्दा बढी यी सबै चीजहरू उपलब्ध गराउँछन् भने, त्यस्तो अवस्थामा तपाईँलाई पैसा किन चाहियो र?’

तर, रोबोटहरू मालिक हुने र पैसाको महत्त्व नरहने अवस्थामा लेनदेनको माध्यम के हुनेछ भन्नेबारे उनले केही बताउन सकेनन्।

भविष्यमा धेरैजसो काम मेसिन र एआईले नै गर्ने उनको भनाइ छ। ‘मानिसहरूले पैसा कमाउनका लागि काम गरिरहनु पर्दैन। मानिसहरूले आफ्नो इच्छा वा रुचिका लागि मात्र काम गर्नेछन्,’ उनले भनेका छन्।

मस्कका अनुसार अबको ५ वर्षमा एआईले मानव जातिको सामूहिक बुद्धिलाई उछिन्नेछ।

सन् २०३६ सम्ममा मानिसहरूले रोबोटमाथिको नियन्त्रण गुमाउन सक्ने चेतावनी पनि उनले दिएका छन्। किनभने एआईको बौद्धिक स्तर मान्छेको भन्दा धेरै माथि हुनेछ। ‘यदि एआई र मानिसबीचको बुद्धिको अन्तर, एआई र चिम्पान्जीबीचको अन्तरभन्दा धेरै बढी भयो भने, चिम्पान्जीहरूले शासन गरिरहेका छन् भनेर कल्पना गर्न गाह्रो हुन्छ,’ उनले भनेका छन्।

एआई र रोबोटको यो गतिलाई रोक्ने कुनै उपाय नभएको र त्यसलाई रोक्न पनि नहुने उनको भनाइ छ।

चीनले एआईको क्षेत्रमा धेरै छिटो प्रगति गरिरहेको मस्कले बताएका छन्। चीनले अब आफ्नै एडभान्स्ड चिप्स बनाउन थालेको र उसको  किमी के थ्री जस्ता एआई मोडलहरूले पश्चिमा देशलाई टक्कर दिइरहेको उनले उल्लेख गरे।

प्रकाशित: २०८३ साउन १२ गते मङ्गलबार ०२:५७
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना