काठमाडौँ- काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिका–२ झोरमा शनिबार झरना हेर्ने र नुहाएर मज्जा लिने मानिसहरुको घुइँचो लागेको थियो।
राजधानीलगायत नेपालभर तापक्रम बढेसँगै पानीमा भिज्ने र रमाइलो गर्नको लागि सर्वसाधारण झोर आउने गरेका छन्।
शनिबार छुट्टीको दिन सहरको कोलाहलबाट मुक्त भई प्रकृतिमा रमाउन चाहने युवायुवती र हप्ताको एक दिन छोराछोरीसहित घुम्न चाहने अभिभावकका लागि यो झरना आकर्षक गन्तव्य हो।
झोर प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ। उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफाभित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


