काठमाडौँ- मनसुन अवधि सकिन लाग्दा पनि मधेश प्रदेशमा वर्षा नभएपछि किसानले रोपाइँ गर्न पाएका छैनन्।
सुख्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका ८ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि मधेश प्रदेशलाई खडेरीको संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
मधेश प्रदेशका विभिन्न जिल्लामा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ।
हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेशका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नु परेको छ।
समयमा वर्षा नभए पछि सुख्खा देखिएको मधेश प्रदेशका खेतहरू:
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
