२०८३ कार्तिक १६ गते आईतबार

४७ हजार स्थानीयलाई सेनाले दियो उद्धार तालिम

 |  सुरेन्द्र सुवेदी
Sanket

सुरेन्द्र सुवेदी

काठमाडौँ, साउन १२
bipad

काठमाडौँ- विपद् प्रतिकार्य तथा उद्धारका लागि नेपाली सेनाले ४७ हजार स्थानीयलाई तालिम दिएको छ। गत वर्ष १९ हजार ६२ जना स्थानीयलाई तालिम दिएपछि सेनाले तालिम दिएका उद्धारकर्ताको संख्या ४७ हजार पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको हो।

केन्द्र, प्रदेश र जिल्लातहसम्म विपद प्रतिकार्यका लागि संयुक्त अभ्यास सञ्चालन गरी स्थानीयलाई उद्धार तालिम दिइएको हो। स्थानीयलाई विपद्का बेला खोज, उद्धार र राहत वितरणकार्यलाई छिटो र सहज बनाउन तालिम प्रदान गरिएको सेनाका सहायक रथी राजराम बस्नेतले बताए। सरोकारवालाहरुसँगको समन्वय गरी तालिम दिइएकाले स्थानीय स्तरमा पनि विपद्को प्रतिकार्य गर्ने जनशक्ति तयार भएको उनले बताए।

सैनिक मुख्यालयका अनुसार जिल्लातहमा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरेर गत आर्थिक वर्षमा मात्र १९ हजार ६२ जना विपद‍का बेला उद्धार गर्न सक्ने जनशक्ति थप गरिएको छ।

यता विपद्को पूर्वतयारीका लागि यसपालि नेपाली सेनाले दुई हेलिकोप्टर तयार राखेको छ। ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना– २०८२’ का आधारमा हेलिकोप्टरसहितका सामग्री तयार पारिएको सेनाले जानकारी दिएको हो।

राजधानीमा मेडिकल टोलीसहितको तत्काल उद्धार गर्न सक्ने टिमलाई तयारी अवस्थामा राखिएको छ। यो टिमसहित घटना भएको स्थानमा १५ मिनेटभित्र हेलिकोप्टर परिचालित गरिन्छ। यसका लागि सेनाको गौचर ब्यारेकमा हेलिकोप्टर राखिएको छ।

यस्तै सुन्दरीजल र चितवनमा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन गणहरुमा तालिम प्राप्त विशिष्टीकृत जनशक्ति विपद् प्रतिकार्यको लागि स्ट्याण्डवाई राखिएको प्रवक्ता सहायक रथी बस्नेतले बताए।

सेनाका सबै युनिटमा तत्काल उद्धारका लागि आवश्यक उपरकण र निश्चित फौज तयारी हालतमा राखिएको छ। सातै वटा प्रदेशका पृतनाहरुमा मिश्रित खोज तथा उद्धार टोली पनि तैनाथी अवस्थामा रहेका छन्। हरेक पृतनामा तत्कालको राहतका लागि जिम्मेवारी क्षेत्र भित्र आवश्यकताअनुसार ढुवानी गर्न सक्ने गरी निश्चित परिमाणमा आवश्यक खाद्यान्न, पाल तथा खाद्यान्न मौजुद रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको हो।

काठमाडौं, सुर्खेतमा हेलिकोप्टर २४सैं घण्टा तयारीमा र एक्रोबृजहरु धादिङ्गको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा पूर्व तैनाथी अवस्थामा राखिएको छ। कुनै राजमार्गका पुल बगाएमा तत्काल बेलिब्रिज जडान गर्न सक्ने जनशक्तिसहित बेलिब्रिज निर्माणका सामग्रीहरू तयार अवस्थामा राखिएको जानकारी सेनाले दिएको छ।

प्रकाशित: २०८२ साउन १२ गते सोमबार ०५:१०
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना