२०८३ कार्तिक १६ गते आईतबार

बिमा ‘रेफरल प्रणाली’बाट सेवाग्राहीलाई सास्ती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १३
Dhulikhel-hospital.

काभ्रे- काभ्रेमा बिमा ‘रेफरल प्रणाली’अन्तर्गत धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइँदा नागरिकले निकै सास्ती व्यहोर्नुपरेको छ। प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य संस्थाले विभिन्न समस्या देखाउँदा सेवा प्रभावित भएपछि जिल्लास्थित दलका नेताले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ध्यानाकर्षणसमेत गराएका छन्।

स्वास्थ्य बिमा बोर्डले जिल्लाको पाँच सरकारी स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु तोकेको थियो। त्यसमध्ये धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) र पाँचखाल पिएचसीले प्रथम सेवा बिन्दु सञ्चालन गर्न सकेका छैनन्।

चिकित्सक अभावका कारण पनौती नगरपालिकामा रहेको (पिएचसी)मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा समस्या देखिएको छ। उक्त केन्द्रले स्वास्थ्य बिमाको नियमित सेवामा प्रतिकूल प्रभाव परिरहेको जनाउँदै सोमबारदेखि दैनिक ४० जनालाई मात्र रेफरल दिने व्यवस्था गरिएको जानकारी दिएको छ।

केन्द्रका निमित्त प्रमुख डा प्रज्वल लुइँटेलका अनुसार चिकित्सक अभावकै कारण सेवा दिन कठिनाइ भई स्वास्थ्य बिमाअन्तर्गत रेफरलमा समस्या उत्पन्न भएको छ।

स्थानीयले दैनिक रूपमा स्वास्थ्य बिमाको सेवा लिने गरेकाले रेफरल प्रणाली सीमित हुँदा थप चुनौती हुने देखिएको छ। हालसम्म उक्त केन्द्रले करिब एक हजारलाई रेफरल सेवा दिएको जनाइएको छ। पनौतीमा रहेको अर्को खोपासी पिएचसीले दुई हजार बढीलाई रेफरल सेवा दिएको छ। साउन १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु हेरफेर भएपछि जिल्लामा तोकिएको पाँचमध्ये पनौतीका दुई पिएचसीमा सेवाग्रहीको भीड लाग्दै आएको छ।

यसैबीच प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य संस्थाले विभिन्न समस्या देखाउँदा सेवा प्रभावित भएपछि काभ्रेपलाञ्चोकस्थित नेपाली कांग्रेससहित विभिन्न दलको यसअघि २०८२ साल असार मसान्तसम्म प्रथम सेवा बिन्दुको रूपमा स्वास्थ्य बिमा सेवा प्रदान गर्दै आएको धुलिखेल अस्पताललाई नै स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु कायम गर्न माग गर्दै सोमबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएका छन्।

कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँको नेतृत्वमा जनप्रतिनिधिसहितको टोलीले मन्त्री पौडेललाई धुलिखेल अस्पताल प्रथम सेवा बिन्दु कायम नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलमा भौतिक पूर्वाधारको व्यवस्था, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्था मिलाई प्रथम सेवा बिन्दुबाट दिने सेवा सञ्चालन गर्नका लागि निर्देशन दिन भनिएको ध्यानाकर्षणपत्र बुझाएको हो।

यस्तै धुलिखेलमा रहेको १५ शय्याको प्रादेशिक अस्पताल सञ्चालनमा ल्याई धुलिखेलमा रहेको सम्पूर्ण स्वास्थ्य चौकीको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण एवं जनशक्तिको व्यवस्था गरी गुणस्तरीय सेवा प्रवाहका लागि यथाशीघ्र पहलकदमी गर्न पनि ध्यानाकर्षणमा माग गरिएको छ।

‘अन्यत्र पूर्वाधार तयार नगरी धुलिखेल अस्पतालको प्रथम सेवा बिन्दु हटाउँदा लाखौँ नागरिक प्रभावित बनेकाले मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हौँ, उहाँले धेरै स्थानमा समस्या देखिएको छ, कस्ताखालको समस्या हो बुझेर समाधान गर्दै जाने आश्वासन दिनुभएको छ’, हुमागाईँले भने।

धुलिखेल अस्पतालको सेवा हटाउँदा काभ्रेपलाञ्चोक र आसपास तथा पूर्वी तराईका जिल्लासमेतका तीन लाखभन्दा बढी सेवाग्राही प्रभावित भएको जनाइएको छ। टोलीले अस्पतालमा सेवा सञ्चालन नहुँदासम्म धुलिखेल पिएचसीलगायतका स्वास्थ्य केन्द्र र धुलिखेलको नगर अस्पताल तत्काल सञ्चालनमा ल्याउन पहल गरिदिन अनुरोध गरिएको हुमागाईँले बताए।

टोलीसँग भेटका क्रममा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न धेरै सामुदायिक र सरकारी अस्पतालको प्रथम सेवा बिन्दु हटाइएको जानकारी दिँदै ती अस्पतालमा रेफरल सेवाअन्तर्गत विशेषज्ञ सेवा प्रदान गर्ने निर्णय गरेको बताए। उनले भने, ‘आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको दायित्व भएको संविधानमा नै उल्लेख छ, जनशक्ति, उपकरणलगायतका पूर्वाधार सहयोग गर्न मन्त्रालय तयार भएको र स्थानीय तहले पनि सेवा दिन तदारुकता दिनुपर्छ। ’

विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा बिन्दुका रूपमा सुचीकृत मेथिनकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल, सुन्थान, खोपासी र पाँचखालमध्ये मेथिनकोट अस्पताल तथा सुन्थान र खोपासी पिएचसीले मात्र सेवा दिँदै आएका छन्।

विसं २०७६ देखि नै सूचीकृत भए पनि सेवा दिन आलटाल गर्दै आएका धुलिखेल र पाँचखालले पूर्वाधार र जनशक्तिको कारण देखाउँदै सेवा दिन नसकिने भन्दै सूचना नै जारी गरिसकेका हुन्।

अस्पतालका सेवाग्राहीले अब सेवा लिनका लागि प्रथम सेवा बिन्दु तोकिएका सरकारी स्वास्थ्य संस्थाबाट रिफरल (प्रेषणपत्र) लिनुपर्छ। गत असार १० गते स्वास्थ्य बिमा बोर्डले निर्देशन जारी गरेर साउन १ गतेदेखि तोकिएको प्रथम सेवा बिन्दुबाट आकस्मिक अवस्थामा बाहेक प्रेषण पुर्जी (रिफलर पत्र) अनिवार्य लिएरमात्र आउनुपर्ने निर्णय गरेको थियो।

प्रकाशित: २०८२ साउन १३ गते मङ्गलबार १२:०३
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना