२०८३ कार्तिक ११ गते मङ्गलबार

प्लास्टिक र फोहोरले कुरूप बन्न थाल्यो बुकीपाटन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
DM_Dhorpatan-IMG_2451
बुकीपाटनमा गोठस्टे बुकीपाटनमा घुम्न आउने पर्यटकको सुविधाका लागि समुद्री सतहदेखि चार हजार मिटरको उचाईमा अवस्थित गर्पाछेडामा सञ्चालन गरिएको गोठस्टे । गर्पाछेडामा गत वर्षदेखि ढोरपाटनका स्थानीयले बर्खाको समयमा गोठस्टे सञ्चालन गर्दै आएका छन् । तस्बिरः डम्मर बुढामगर/रासस

बागलुङ- तीन वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन क्षेत्रमा गोठाला र वस्तुभाउबाहेक कोही जाँदैनथे । पाटनैभरि वनफूल फुल्थे । वस्तुभाउ चर्दै पुग्ने ठाउँसम्म गोबर भेटिन्थ्यो ।

तर अहिले बुकीपाटनमा पर्यटकको आकर्षण बढेको छ । गत वर्षदेखि ढोरपाटन पुगेका आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन उक्लिन थालेपछि पहिले वनफूल र गोबर भेटिने ठाउँमा अहिले प्लास्टिक र सिसा भेटिन थालेका छन्। फुमफिरका गर्न आएका पर्यटकले यत्रतत्र फोहर फाल्दा बुकीपाटन कुरुप बन्ने जोखिम बढेको छ।

ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि उकालो लागेपछि पदमार्गका छेउछाउ, कोल्सा, डाँडा, खोला र बुकीपाटनसम्मै बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल छरपस्ट भेटिन्छन्। पर्यटन तथा उद्योग कार्यालय बागलुङ र ढोरपाटन सिकार आरक्षले पदमार्गको ठाउँठाउँमा फोहर फाल्ने खाडल बनाए पनि त्यसको प्रयोग कमै भएको छ। बुकीपाटनमा सिरसिर सिरेटो चलिराख्ने हुँदा एक ठाउँ फालेको फोहर उडाएर टाढाटाढा पुर्याउने गरेको छ।

बुकीपाटनमा अधिकांश पर्यटकले प्लास्टिकजन्य सामग्री बोकेर जाने प्रयोग भइसकेपछि उतै फ्याँकेर फर्किने गरेको स्थानीय गोठाला लोकबहादुर विश्वकर्माले बताए। जथाभावी रूपमा फालेको प्लास्टिक घाँससँग वस्तुभाउले खाँदा बिरामी परेको उनको भनाइ छ। बिरामी वस्तुभाउको गोबरमै प्लास्टिकका टुक्रा फेला पर्ने विश्वकर्माले सुनाए । प्लास्टिक खाएर आफ्ना तीनवटा भेडा मरेको उनले गुनासो पोखे।

‘पहिला लेकमा गोठालामात्रै हुन्थ्यौँ, बाहिरी मान्छे आउँदैनथे, गाठालाले खासै प्लास्टिक ल्याउँदैनथे, अहिले त बुकीको ठाउँठाउँमा जता पनि कागज भेटिन्छन्,’ उनले भने, ‘उनीहरुले बोकेर आउने चाउचाउ, बिस्कुटको प्लास्टिक सबै यही फालेर जान्छन्, त्यो प्लास्टिक खाएर हाम्रो पशुचौपाय बिरामी पर्छन्, केही दिन अगाडि तीन भेडा मरे, मरेका भेडाको गोबरमा बिस्कुटबाहिरको प्लाष्टिक भेटियो।’

उपत्यकादेखि बुकीपाटन जाने पर्यटकका लागि अहिलेसम्म कुनै पनि मापदण्ड बनाइएको छैन। पर्यटकले आफूलाई मन लागे जतिको समान बुकीपाटन लिएर जाने गर्छन्। यस वर्ष माथिल्लो क्षेत्रमा धेरै प्लास्टिकजन्य फोहर थुप्रिन थालेको ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले बताए। गर्पाछेडा, टीकाधारा, फुर्से देउराली, फागुनेलगायतका बुकीपाटन क्षेत्रमा जाने पर्यटकले होटलबाटसमेत वियर, रमलगायतका पेयपदार्थ बोकेर जाने गरेको भन्दै त्यसको सिसा उतै फ्याँकेर आउने गरेको उनको भनाइ छ।

‘सिकार आरक्ष अथवा नगरपालिकाले बुकीपाटन जानका लागि एउटा मापदण्ड बनाउनुपर्ने देखियो, यही हिसाबले बुकीपाटनमा फोहर बढ्दै गयो भने त यसको असर खतरनाक हुनसक्छ, भोलि त्यस क्षेत्रमा फुल्ने फूल, घाँस र जीवजन्तुलाई असर पुग्छ, त्यसले गर्दा समयसमय सफाइ गर्ने र सीमित प्लास्टिकजन्य सामानमात्र बुकी लैजाने व्यवस्था गर्नुपर्छ,’ धीरेन्द्र भन्छन्।

सामान्य उचाइबाट एकैपटक चार हजार ३०० मिटरको उचाइसम्म पुग्दा कोही बाटोमा बिरामी हुने त कतिलाई लेकसमेत लाग्ने गरेको छ। यसतर्फ कुनै पनि निकायको ध्यान पुग्नसकेको छैन। प्लास्टिकले पर्यावरण र बुकीपाटनको सुन्दरतालाई कुरुप बनाउन सक्ने काठमाडौँबाट घुम्न आएका नितेश राजभण्डारीले बताए। बुकीपाटन प्राकृतिक सुन्दरताका हिसाबले अत्यधिक राम्रो रहेको भन्दै उनले फोहर व्यवस्थापनका लागि सम्बन्धित निकाय र घुम्न जाने पर्यटकले पनि ख्याल गर्नुपर्ने बताए। फुर्से देउराली र गर्पाछेडामा धेरै प्लास्टिक फेलापरेको उनको भनाइ छ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले समयसमयमा फोहर व्यवस्थापनका लागि कर्मचारी पठाउने गरे पनि प्रभाकारी हुन नसकेको बताए। घुम्न आउने पर्यटकले बढी लापरवाही गर्दा फोहर बढेको उनको भनाइ छ। सिकार आरक्षले ढोरपाटनका होटल व्यवसायी र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर बेलाबेलामा उपत्यकामा सरसफाइ गरे पनि बुकीपाटनमा पुग्न नसकेको अधिकारीले बताए।

बुकीपाटनका तस्बिरहरू

बुकीपाटन गोठ, मानिस र कुकुरहरू। तस्बिर : रासस

बुकीपाटनमा घुम्न आउने पर्यटकको सुविधाका लागि समुद्री सतहदेखि चार हजार मिटरको उचाईमा अवस्थित गर्पाछेडामा सञ्चालन गरिएको गोठस्टे । गर्पाछेडामा गत वर्षदेखि ढोरपाटनका स्थानीयले बर्खाको समयमा गोठस्टे सञ्चालन गर्दै आएका छन् । तस्बिरः डम्मर बुढामगर/रासस

टीकाधार बुकीपाटनमा रहेको भेडीगोठको रेखदेखका लागि पालिएको भोटेकुकुर । गोठालाले लेक चढने बेलै बेसीबाट भोटेकुकुर लिएर जाने गर्छन । डम्मर बुढामगर/रासस

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधाराबाट देखिएको कालापत्थर । समुद्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाईमा रहेको कालापत्थर यो याममा निकै आकर्षक देखिने गर्छ । तस्बिरः डम्मर बुढामगर/रासस

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र । समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा अवस्थित यस क्षेत्रमा बर्खायाममा हरियाली र मनोरम देखिने हुँदा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन् । यहाँ पुग्न ढोरपाटन उपत्यकाबाट करिब साढे पाँच घण्टा पैदल यात्रा गर्नु पर्छ । तस्बिरः डम्मर बुढामगर/रासस

बुकीपाटनमा घुम्न आउने पर्यटकको सुविधाका लागि समुद्री सतहदेखि चार हजार मिटरको उचाईमा अवस्थित गर्पाछेडामा सञ्चालन गरिएको गोठस्टे । गर्पाछेडामा गत वर्षदेखि ढोरपाटनका स्थानीयले बर्खाको समयमा गोठस्टे सञ्चालन गर्दै आएका छन् । तस्बिरः डम्मर बुढामगर/रासस

समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा रहेको बुकीपाटन क्षेत्रमा चर्दै गरेका भेडाका बथान । बुकीपाटनमा चर्दै गरेका भेडाका बथानले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेगर्छ । बर्खाको समयमा भेडाका लागि बुकीपाटनमा पोषिलो र पर्याप्त घाँस पाइने हुँदा बागलुङ रोल्पा, रुकुम, डोल्पा र म्याग्दीबाट चरिचरनका लागि भेडाको बथान बुकीपाटनमा लिएर आएका हुन्छ । एउटा किसानले व्यावसायिक रुपमा २०० देखि दुई हजारसम्म भेडापालन गरेका हुन्छन् । तस्बिर डम्मर बुढामगर/रासस

बागलुङको ढोरपाटन ९ स्थित फाटँमा चरिरहेका घोडा । तस्बिरः सर्जना कार्की/रासस

पर्यटक

प्रकाशित: २०८२ साउन १८ गते आईतबार ०७:११
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना