२०८३ साउन १३ गते बुधबार

सर्वसाधारणले पत्तै नपाई कुमारीघर पुगे राष्ट्रपति [फोटो फिचर]

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ४
ramchandra poudel (6)

राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमै कुमारीघर पुगेका छन्। राष्ट्रपति पौडेल कुमारीघर पुग्दा कुनै पनि सवारीलाई रोकतोक थिएन।

राष्ट्रपति बसन्तपुरको कुमारीघरमा पुग्दा पहिलेजस्तै कुनै तामझाम थिएन। अगुवा र पछुवा गाडी लिएर राष्ट्रपति पौडेल पुग्दा धेरै सर्वसाधारणले त उनी आएको पत्तोसमेत पाएनन्।  राष्ट्रपति त्यसरी आएलान् भनेर आफूहरूले नसोचेको प्रतिक्रिया दिए।

राष्ट्रपतिको सवारीका बेला सर्वसाधारणको आवागमन बन्द गर्दा विरोध भएपछि राष्ट्रपतिको चाहनाअनुसार नै सुरक्षा व्यवस्था मिलाएर सवारीलाई रोकतोक नगरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। दिउँसो ४ बजे पौडेल कुमारीघर पुगेका थिए।

शनिबार मात्र सांसदहरूका लागि चियापान कार्यक्रम राखेका राष्ट्रपति पौडेलले नागरिकलाई दु:ख दिने काम आफूबाट नहुने र जनअपेक्षाप्रति आफू सचेत रहेको बताएका थिए।

राष्ट्रपतिमा निर्वाचित भएसँगै पशुपतिनाथको दर्शन गर्न जाँदा सवारी आवागमनलाई ठप्प बनाइएपछि पौडेलको आलोचना भएको थियो। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका हरेकजसो सवारीमा आवागमन ठप्प पारिँदा तीव्र आलोचना हुने गरेको थियो।

प्रकाशित: २०७९ चैत ४ गते शनिवार ०५:५२
प्रतिक्रिया

थप समाचार

दोस्रो दिन पनि चिकित्सकहरूको आन्दोलन जारी, देशभर आकस्मिकबाहेक सबै सेवा ठप्प

काठमाडौँ: नेपाल चिकित्सक सङ्घले बुधबार पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक...

३ वर्षमा सकिनुपर्ने रसुवागढी एकीकृत भन्सार भवन १० वर्षसम्म अधुरै (फोटोफिचर)

रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन ३ वर्षभित्र सक्ने गरी २०७३ सालमा सम्झौता भएकोमा १० वर्ष भइसक्दा पनि निर्माण सकिएको छैन।

सानेपामा श्रावण मेला सुरु: मेहेन्दी, भजन कन्सर्ट र श्रृंगारका स्टलमा दर्शकको आकर्षण

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा श्रावण ९ र १० गते दोस्रो संस्करणको ‘श्रावण मेला’ अन्तर्गत ‘बिगेस्ट मेहेन्दी भेला’ सुरु भएको छ। क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा ‘पवित्र महिनाको...

आहा ! भाङ्गे झरना (फोटोफिचर)

रसुवाको उत्तरगया गाउँपालिका–२ मा स्थित भाङ्गे झरना । चीनसँग जोडिने बेत्रावती–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकखण्डमा पर्ने यो झरना १ सय ८१ मिटर अग्लो छ । 

देखिन छाडे नगर प्रहरी, सडक व्यापारीले भरियो न्युरोडको फुटपाथ [फोटो]

केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे। दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना