काठमाडौँ- जनैपूर्णिमाका लागि आवश्यक सामग्रीको कारोबार बजारमा बढेको छ। शनिवार परेको जनैपूर्णिमाका लागि जनै, रक्षाबन्धन, राखी किनमेल गर्नेहरूको भिड छ।
आइतवार परेको गाईजात्रा सामग्रीका क्रेताहरुले बजार भरिभराउ बनाएका छन्।
जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, पोखरीमा गई स्नान गरी जनै धारण गर्ने गर्दछन् भने गाईजात्राका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बालबालिकालाई गाईको रुपमा सिंगार्ने गर्दछन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


