राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेशले निरन्तरता पाएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो।
बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन्।
सहकारी ठगीमा आफ्नो भागमा कायम भएको बिगो बराबरको रकम जम्मा गरेर उनले थुनामुक्त हुन पाऊँ भन्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाई गर्दै अदालतले थुनामा पठाउने आदेशलाई निरन्तरता दिएको हो।
