२०८३ कार्तिक १६ गते आईतबार

काठमाडौँमा सडक दुर्घटना : एक वर्षमै १९० जनाको मृत्यु

 |  सुरेन्द्र सुवेदी
Sanket

सुरेन्द्र सुवेदी

काठमाडौँ, भदौ ६
accident

काठमाडौँ- काठमाडौँ उपत्यकामा भएका सवारी दुर्घटनामा परी गत आर्थिक वर्षमा १९० जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार गत आवमा उपत्यकाका विभिन्न स्थानमा भएका दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो।

प्रहरीका अनुसार उपत्यकामा दैनिक १९ वटा सवारी दुर्घटना हुने गरेका छन्। जसमा दुई दिनमा एक जनाको मृत्यु हुने गरेको जस्तो तथ्यांक आएको प्रहरीको भनाइ छ।

गत आर्थिक वर्षमा उपत्यकामा ७ हजार १६९ सडक दुर्घटना भएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले बताए। ‘दुर्घटनाहरूमा २७८ जना गम्भीर र ७ हजार ६३१ जना सामान्य घाइते भएका थिए,’ उनले भने।

उपत्यकामा भएका दुर्घटनामा मोटरसाइकल र स्कुटर ६ हजार ५३७, बस ९४१, कार र जिप ६०८, माइक्रोबस २८९, टिपर १९७ र टेम्पो १०२ वटा दुर्घटनामा परेका थिए ।

ट्राफिक नियम पालना नगर्ने सवारी चालकबाट ४२ करोड १२ लाख ४३ हजार ९ सय ७३ रुपैयाँ जरीवानावापत राजश्व संकलन भएको प्रवक्ता एसएसपी खनालको भनाइ छ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा २ हजार २९२ किलोमिटर सडक छ। यहाँ १ हजार ६५९ जना ट्राफिक खटिएका छन्। उपत्यकामा २० लाख १८ हजार ४३९ सवारी साधन दर्ता भएका छन्। एक जना ट्राफिक प्रहरीले १ हजार २२२ वटा सवारी साधनको व्यवस्थापन गर्नुपर्छ। विश्वमा एक जना ट्राफिक प्रहरीले औषतमा २ सयदेखि ५ सय सवारी साधन सञ्चालन गर्ने अभ्यास छ।

दरबन्दीमा रहेका ट्राफिकमध्ये केही तालिममा रहने, केही बिदामा बस्नेजस्ता कारणले दैनिक रुपमा सडकमा खटिनेको संख्या भने करिब १ हजार ३ सय जनाको हाराहारीमा रहने गर्छ। जसका कारण सीमित सडक र बढ्दो सवारी साधन प्रयोगका कारण उपत्यकाका अधिकांश चोकमा कार्यालय समय बिहान ८ देखि १० र अपराह्न ४ देखि ६ बजेको समयमा अधिक जाम हुने गरेको छ।

प्रकाशित: २०८२ भदौ ६ गते शुक्रबार ०५:३०
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना