काठमाडौँ- भाद्रकृष्ण औँसीका दिन मनाइने कुशेऔँसी तथा बाबुको मुख हेर्ने दिन मनाइएको छ। छोराछोरीहरूले आफ्ना बाबुलाई मन पर्ने मिठाइ र भोजन खुवाएर आदर तथा सम्मान प्रकट गरी ‘बाबुको मुख हेर्ने’ चलन छ।
बाबु नहुनेहरू विभिन्न पवित्र स्थलमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान र श्राद्ध गरी सिदा दान दिने गर्दछन्। आजको दिन विशेषगरी ‘उत्तरगया’ भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।
यसैले आजको औँसीलाई ‘गोकर्णे औँसी’ नामले पनि चिनिन्छ। गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान र सिदादान गर्नेहरूको बिहानैदेखि भीड लागेको छ।
तस्बिरहरूः


