काठमाडौँ- गत आवमा किसानले बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्ना सुरु भएको छ।
उखु उत्पादक महासंघ नेपालको अगुवाइमा प्रतिक्विन्टल ७० रुपैयाँका दरले भुक्तानी गर्न माग किसानले माइतीघरमा धर्ना सुरु गरेका हुन्।
धर्नामा सहभागी किसानले उखु बोकेका थिए।
आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरुको भनाइ छ।
अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका किसानहरू माइतीघर मण्डलामा भेला भएका हुन्।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


