२०८३ कार्तिक १५ गते शनिवार

मेयरलाई घुस दिने व्यवसायी राजु कँडेल संकटमा, ऋण नतिरेपछि जग्गा लिलाम गर्दे सञ्चय कोष

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
Raju-Kadel-scaled-1
तस्बिरः पद्मा कोलनीको वेबसाइट

काठमाडौंः राजधानीमा रहेको नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतलाई जग्गा मिलाइदिन घुस दिने व्यवसायी राजुप्रसाद कंडेल अहिले गम्भीर आर्थिक संकटमा फसेका छन्।

ऋण नतिरेपछि कर्मचारी सञ्चय कोषले उनको जग्गा लिलामीको प्रक्रिया अघि बढाएको छ। सञ्चय कोषले पद्मा हस्पिटालिटी प्रालिका लागि लिएको ऋण नतिरेपछि नागार्जुन नगरपालिका वडा नम्बर २ ठूलो भयाङमा रहेको २८ सय २ वर्गमिटर जग्गा बोलकबोलमार्फत एकमुष्ठ लिलाम गर्न लागेको हो।

कोषले यसअघि उनलाई ऋण तिर्न ३५ दिन समय दिएको थियो । दिएको समयभित्र ऋण नतिरेपछि कोषले जग्गा बेचेर ऋण असूली गर्न लागेको हो ।

जग्गा बिक्रीका लागि बुधबार कोषले शिलबन्दी बोलपत्र आव्हान गरेको छ। इच्छुक खरिदकर्तालाई ३५ दिनभित्र बोलपत्र पेश गर्न भनेको छ। ऋणीले म्यादभित्र कर्जा चुक्ता नगरी सम्झौतामा उल्लेख भएका सर्तको उल्लंघन गरेकाले सम्पत्ति बिक्री गरेर असूल गर्न लागेको कोषले जनाएको छ।

व्यवसायी कँडेलले पद्मा हस्पिटालिटी सञ्चालनका लागि सञ्चय कोषबाट ऋण लिएका थिए। सञ्चय कोषले ऋणी कंडेलले कारोबार सञ्चालन गर्न लिएको ऋणको भाखा नाघेको, सोको साँबा ब्याज नबुझाएको जनाएको छ।

कंडेलको पद्मा हस्पिटालिटीको नाममा काठमाडौंको नागार्जुन नगरपालिका २ ठुलो भर्याङमा रहेको ११ वटा कित्ता जग्गा धितोमा राखेर ऋण लिएका थिए।

उक्त जग्गामा कंडेलले पद्म हस्पिटालिटीमार्फत दुई अर्ब ३० करोड रुपैयाँमा दुई सय कोठा भएको पाँचतारे ट्रान्क्विलिटी रोयल होटल सञ्चालनमा ल्याउने योजना बनाएका थिए।

होटल बनाउन एक अर्ब ८४ करोड ८० लाख रुपैयाँ बैंकको ऋण र बाँकी ४४ करोड ५० लाख रुपैयाँ स्वपुँजीबाट जुटाउने उनको योजना थियो। जसमा ८० प्रतिशत बैंकको ऋण र २० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको थियो।

होटल आगामी वर्ष २०२६ को जनवरीमा सञ्चालनमा ल्याउने योजना त्यसबेला कँडेलले सार्वजनिक गरेका थिए।

कँडेल ऋण तिर्न नसकेपछि सांग्रिला डेभलपमेन्ट बैंक पनि सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको छ।

कँडेलले ऋण नतिरेपछि सांग्रिला डेभलपमेन्ट बैंकले गत असार ३१ गते सूचना प्रकाशित गरी जग्गा लिलामी प्रक्रिया अघि बढाएको हो। सांग्रिलाबाट पद्मा कोलोनी हाउजिङ परियोजना बनाउन लिएको कर्जाको साँवा, ब्याज तथा हर्जाना रकम सर्तबमोजिम नतिरेकाले ३५ दिनको समय दिएको बैंकले जनाएको छ।

पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा ऋण तिर्न चासो नदेखाई बेवास्ता गरेकाले ३५ दिनभित्र बैंकमा सम्पर्क गरी तिर्न बाँकी ऋणको साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दस्तुर रकमसमेत चुक्ता भुक्तान गर्नुहुन अनुरोध गरेको थियो।

पद्मा कोलोनीको दुई हाउजिङ परियोजनामा पाँच अर्ब ६८ करोड रुपैयाँ लगानी हुने बताइएको थियो।

रामकोटको फेज पाँचमा तीन अर्ब ५० करोड र इटहरीको फेज ६ मा दुई अर्ब १८ करोड रुपैयाँ लगानी हुने कम्पनीले जनाएको थियो।

बैंकले पद्मा कोलोनीको नाममा रहेको काठमाडौं रामकोटस्थित २३ कित्ता र ललितपुरको लगनखेलमा रहेको एक गरी कुल २४ वटा कित्ता जग्गा लिलाम गर्न लागेको हो।

घुस काण्डमा दोषी
विशेष अदालतका तत्कालिन अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनीका सञ्चालक कँडेलबाट मेयर बस्नेतले नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको ठहर गरिसकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा मेयर बस्नेत र उनका श्रीमति उर्मिला बस्नेत र घुस दिने कंडेलविरुद्ध भ्रष्टाचारका साथै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो ।

अख्तियारले तीनै जनाविरुद्ध जनही नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो । यसैगरी सम्पत्ति शुद्धीकरणको मुद्दामा तीनैजनाविरुद्ध जनही १३ करोड १२ लाख ७३ हजार बिगो दाबी गरिएको थियो।

भ्रष्टाचार मुद्दामा मेयर बस्नेत र कँडेललाई दोषी ठहर भएका छन् भने सम्पत्ति शुद्धीकरणमा मेयर बस्नेतलाई मात्र दोषी ठहर गरिएको छ।

अख्तियारले गत १४ पुसमा मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र घरजग्गा व्यवसायी कँडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । तीनैजनाविरुद्ध भ्रष्टाचारमा जनही नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बिगो अख्तियारले दाबी गरेको थियो।

कँडेल पद्म ग्रुप अफ कम्पनीजको अध्यक्ष हुन्। कँडेल पद्म हस्पिटालिटी, पद्म मर्चेन्ट कम्पनी, धुनीवेसी आदर्श मल्टिपल कलेजलगायत थुप्रै संस्थाका सञ्चालक छन्।

 

प्रकाशित: २०८२ भदौ ११ गते बुधबार ०६:२४
प्रतिक्रिया

थप समाचार

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रिँदा विदेशी मुद्रा सञ्चिती बढेर पुग्यो साढे २६ अर्ब डलर

रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति बढेको हो। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशत बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा, आशयपत्र दिने तयारी

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आशयपत्र (एलओआई) दिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना