काठमाडौं- नवौं इन्डो-नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन्। नेसनल युनाइटेड स्कुलकाे आयाेजना तथा नेपाल गाेजु-काइ कराते डाे संघकाे प्राविधिक सहयाेगमा सञ्चालित प्रतियाेगिताकाे पहिलाे दिनका सबै स्वर्ण नेपालले हात पारेको हो।
पुरुष २० केजीमुनी तौल समूहमा शिवपूरी डाेजाेका अरुण तामाङले स्वर्ण जिते। फाइनलमा उनले आईपीएसका सुसन तामाङलाई हराए। २५ केजीमूनिको ताैलसमूहमा शिवपुरीकै ड्यानिएल तामाङले स्वर्ण जित्ने क्रममा आईपीएसका सुशन चाैलागाईंलाई पराजित गरे।
३० केजी ताैलसमूहमा द चाँदबाग स्कुलका आरोग्य पौडेलले स्वर्ण जिते। उनले फाइनलमा लुम्बिनी एकेडेमीका शाैरभ चाैधरीलाई पराजित गरे। पुरुषकै ४० केजीमूनि ताैलसमूहमा मित्रपार्क डाेजाेका श्रीयश शाही पहिलाे हुँदा फाइनलमा आफ्नै डाेजाेका प्रयास शाहीलाई पराजित गरे।
पुरुष कातातर्फ मित्रपार्क डाेजाेका खेलाडीकाे वर्चश्व रह्याे। सक्षम लामाले स्वर्ण जित्दा निश्चल राईले रजत र श्रीयश शाहीले काँस्य जिते। अर्का काँस्य विजेता सीएमएसका पुजन तामाङ हुन्।
महिला कातातर्फ आयाेजक नेशनल युनाइटेड स्कुलकी अपेक्षा मगरले स्वर्ण पदक जित्न सफल भइन्। चाँदबागकी अंशु गुरुङले रजत तथा आइपीएसकी सलिना लामा र आयाेजक नेशनलकी दिनिका राईले काँस्य जिते।
महिला कुमुतेतर्फ ४० केजीमूनि लुम्बिनी एकेडेमीकी प्रेशा राईले स्वर्ण जितिन्। उनले फाइनलमा नेसनल युनाइटेडकी कुन्साङ राईलाई हराइन् । लुम्बिनीका पुजना राई र जिनियस वर्ल्ड स्कुलकी निनिशा हमालले कास्य जिते ।
हात्तिगौँडास्थित नेसनल युनाइटेड स्कुलको प्रांगणमा आयाेजित प्रतियाेगितामा नेपाल र भारतका विभिन्न डोजो तथा विद्यालयका गरै २५० भन्दा बढी खेलाडीहरु सहभागी छन्। प्रतियोगितामा काता र कुमुते गरी २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा २०२३ मे १४ मा बेलायतको ग्लोस्टर सहरमा सम्पन्न भएको उमा युरोपियन च्याम्पियनसिपमा ६० केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कास्य पदक विजेता विमल थपलिया, ८५ केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा काँस्य पदक बिजेता कुसुम ढकाल तथा टिम म्यानेजर आलोक बराललाई सम्मान गरिएको थियो। प्रतियोगिताका बाँकी खेल शनिबार हुनेछन्।


