काठमाडौँ- काठमाडौँको माइतीघरमा लालटिन जुलुस प्रदर्शन गरिएको छ।
अछाममा जिल्लाका विभिन्न गाउँहरूमा अहिलेसम्म राष्ट्रिय प्रसारणलाइन नपुगेको विषयलाई सरकार र नेपाल विद्युत प्राधिकरणले ध्यान नदिएको भन्दै युवाहरुले विरोधस्वरूप लालटिन बालेर प्रदर्शन गरेका छन्।
सरकार र प्राधिकरणको ध्यानाकर्षण गराउन आफूहरुूले लालटिन जुलुस प्रदर्शन गरेको सुदूपश्चिमाञ्चलको बोलन्या थली फोरमले बताएको छ।
अछाम जिल्लाका क्वाखेल, जामा, फल्टाने, सुनदेवी, छडानदेवी र भूलहरफ बलातामा राष्ट्रिय प्रसारणलाइनको विद्युत सेवा पुगेको छैन।
उक्त क्षेत्रका ४ हजारभन्दा बढी स्थानीयहरू अहिले पनि अन्धकारमा बस्नुपरेको फोरमका अध्यक्ष यादव जोशीले बताए।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


