२०८३ कार्तिक १२ गते बुधबार

नेपालमै बनेको ‘वीटक’का क्षितिज दाहाल भन्छन्- दिनमै हजारबढि प्रयोगकर्ता जोडिँदैछन्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
Photo (4)

काठमाडौं: नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको निर्णयसँगै ओझेलमा परेका केही सूचीकृति नेपाली एपहरुले भने चर्चा बटुलिरहेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकृत नभएका संजाल निस्क्रिय भएपनि सूचिकृत भएका केही संजालले भने चर्चा पाउन थालेका हुन्।

मन्त्रालयका अनुसार टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन्। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० ले सामाजिक सञ्जाल र सामाजिक सञ्जालका प्लेटफर्मभित्र परिभाषित गरिएको वीटकले आफ्ना प्रयोगकर्ताको संख्या बढेको दाबी गरेको छ।

वीटकका सञ्चालक क्षितिज दाहालका अनुसार अन्य सामाजिक सञ्जाल बन्द  भएसँगै वीटक प्रयोगकर्ताको फ्लो बढेको हो। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले कानुनी दायरामा गएको पछिल्लो एक दिनमै एक हजार बढी प्रयोगकर्ता थपिदै गएको दाबी गरे। भने,‘अन्य सूचिकृत नभएका सामाजिक सञ्जाल बन्द भएपनि वीटक प्रयोगकर्ताहरूको फ्लो राम्रो छ। दैनिक एक हजार जति भ्यूअर्स बढिरहेको छ। अझ बढ्ने क्रम जारी छ। वीटकका बारेमा हामीले अझै धेरै बुझाउनुपर्ने छ।  किनभने ठूला–ठूला ग्लोबल प्लेटफर्मका माझ हामीले आफ्नो पहिचान स्थापित गर्नुपर्ने बाध्यता छ । टिकटकमा पनि त भिडिओ सेटिङ छ किन वीटक भन्ने प्रश्न उठ्नसक्छ। तर वीटकको महत्व र यसभित्रका फिचरहरुबारे हामीले बुझाउनुपर्ने अवस्था छ । त्यसका लागि हाम्रो टिम सक्रिय भएर अगाडि बढेको छ। तीन दिनयता फ्लो बढेको छ।’

उनको अनुसार सिर्जनात्मकतालाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको वीटकमा लाइभ स्ट्रिमिङको समेत व्यवस्था छ। जसले प्रतिभालाई समूदायमा जोड्नको लागि वीटकले इभेन्ट म्यानेजमेन्टका रुपमा पनि काम गर्छ। उनले भने,‘वीटकमा गर्ने भनेको सिर्जनात्मकता हो। जसको प्रतिभा छ, ती प्रतिभालाई समुदायमै जोडेर, समुदायमाझमै इभेन्टहरू स्थापित भएको हो।  वीटकले इभेन्ट म्यानेजमेन्टमा पनि काम गर्ने भएकाले भर्चुअली कसैको प्रतिभाहरूलाई आफ्नो प्लेटफर्मबाट लाइभ गरेर अथवा कम्पिटिसन गराएर पनि उतार्न सकिन्छ। टिकटकको मोनिटाइजेसन जस्तो र गिफ्टहरूका स्कीममा पनि काम गरिरहेका छौं । लोकल प्रतिभाहरुलाई लाइभ स्ट्रिमिङमा जोडेर समूदायसम्म पुर्याउने काम गरिरहेका छौं।’

वीटक ई–कमर्स मार्केट प्लेस पनि भएको बताउँदै सञ्चालक दाहालले वीकटकलाई व्यापार, व्यवसाय अनि प्रतिभाको संगम नाम दिएका छन्। सबै कानुनी मापदण्डहरु पूरा गरेर वीटक सञ्चालन भएको हुँदा सुरक्षित रहेको उनको दाबी छ।

एआई टेक्नोलोजी प्रयोग गरिएकाले यौन संवेदनशील चिजहरू, कम्युनिटी गाइडलाइन्सका कुराहरूलाई फिल्टर गरिने उनले बताए।  भने,‘वीटक लगभग सुरक्षित नै छ। मापदण्डहरू पूरा गरेका छौँ । एआई टेक्नोलोजी पनि युज गरेको छौँ । जसका कारण यौन संवेदनशील कुराहरु, कम्युनिटी गाइडलाइन्सका कुराहरूलाई फिल्टर गरेका छौं।’

नयाँ आएका नेपाली एपहरु पनि कन्टेन्ट र क्वान्टिटीमा मात्र सिमित भइ क्वालिटीमा जान नसक्दा ओझेलमा परिरहेको उनको भनाई छ। तर वीटकले क्वालिटीमा ध्यान दिएको उनको दाबी छ। उनले नेपाल सरकार, कन्टेन्ट क्रिएटरदेखि सबैजना मिलेर कन्टेन्ट क्रिएटरको इकोनोमीमा काम गर्नसके विदेशी एपहरुमा निर्भर हुनुपर्ने बाध्यता हट्ने धारणा राखे।

फेसबुक–टिकटकजस्ता सामाजिक सञ्जालबाट कन्टेन्ट क्रिएटरले कमाउँदै गर्दा उसले त्योभन्दा धेरै कमाएर त बाहिरै लगेको छ भन्ने कुरा बुझ्न आवश्यक रहेको उनी बताउँछन्।

देशकै आर्थिक विकासमा काम गर्नको लागि सरकारले आफ्नो एप नै प्रबद्र्धन गर्नुको अर्को विकल्प नभएको उनको तर्क छ। उनले सबै सम्बन्धित निकायहरुको सहकार्यमा कन्टेन्ट क्रिएटरको इकोनोमी निर्माण गर्न सकिने बताउँदै उनले कन्टेन्ट क्रिएटरलाई सूचीकृत गरेर विभिन्न मार्केटिङ प्रमोशनमा प्रयोग गर्नुपर्नेमा जोड दिए।

वीटकको माउ कम्पनी साराश मिडिया ल्याब्सका प्रमुख संचालक समेत रहेका दाहालले सुरु गरेको वीटक संचार मन्त्रालयमा सूचिकृत भएपछि सबैले चासो राखेका छन्।

वीटकको सुरुवात
सिभिल इन्जिनियर दाहालले सात वर्ष सरकारी सेवामा काम गरेका थिए। तर, आफ्नै केही गर्ने हुटहुटी भएका दाहालले आफूलाई १० देखि ५ बजेको जागिरमा टिकाउन नसकेर सारांश मिडिया ल्याबको स्थापना गरेका हुन्।

सुरुआतमा उनले विभिन्न पोर्टलमा आउने समाचारलाई एक ठाउँ सारांश एपमा पढ्न मिल्ने गरी तयार गरे। उक्त एपमा आफूले खोजेको विधाको खबरहरू एकै ठाउँमा पढ्न पाइन्छ । एपकै शिलशिलामा क्षितिजलाई भिडिओ सेयरिङ एप बनाउनुपर्छ भन्ने लागेको सुनाए । जहाँ उनले भिडियो हेर्ने सुविधासँगै ‘मार्केटप्लेस’ पनि उपलब्ध गराउने तयारीमा काम सुरू गरेको बताए।

‘हामी कहाँ भिडिओ सेयरिङ एप लोकप्रिय छ तर हाम्रो छैन। त्यसकारण मैले आफ्नै केही बनाउ भन्ने लागेर वीटकको सुरुआत गरेको हुँ। यहाँ हामीले आफैँ भिडिओ राखेर सामान बेच्ने सुविधा पनि दिदैछौँ’, उनले भने।

उनले वीटक केही महिनामा वृहत रुपमा सार्वजनिक गर्ने सोच बनाएका थिए। त्यहि अनुरुप काम गरिरहेका थिए। तर, नेपालमा सूचिकृत भएको पाँच सामाजिक सञ्जालमा वीटकको नाम देखिएसँगै यसप्रति चासो बढेको उनको भनाइ छ।

‘हामीले लञ्च गर्ने तयारी स्वरूप केही योजना बनाएका थियौँ। तर, सूचिकृत पाँचमा हामी परेसँगै हामीले जे सार्वजनिक गरेका छौँ, त्यसलाई नै प्रभावकारी बनाउन लागिरहेका छौँ । हाम्रो एप प्लेस्टोर र एप्पलस्टोरबाट डाउनलोड गर्न सकिन्छ । हामी फिचर्स थपिरहेका छौँ, किनकि अप्रत्यासित रुपमा हामी मार्केटमा आइसकेका छौँ’, उनले भने।

विसं २०८१ असार ७ गते देखि भिडिओ सेयरिङ एप बनाउने तयारी सुरु गरेका उनको वीटकमा अमेरिका, भारतको कलकत्ता र नेपालमा गरेर २५ जनाले काम गरिरहेको सुनाए। भक्तपुरको पेप्सीकोलामा अफिस राखेर काम गरिरहेको उनले बताए।

‘हामी न्युजमा आइसकेपछि लञ्च भइहाल्यौं त्यसैले हामीले फिचर्समा ध्यान दिइरहेका छौँ। हामीले वीटक लञ्च गरेसँगै विभिन्न् अफर ल्याएर काम गर्ने सोच बनाएका थियौँ । पछिल्लो समय प्राय देशले आफ्नै प्लेटफर्म बनाएर आफ्नो डाटा सुरक्षित गरिरहेको छ। प्रयोगकर्ता बढेसँगै हामी सेवासुविधा थप्दै जानेछौँ’, उनले भने।

नेपालभित्र हुने अनलाइन गतिविधिको निगरानी गर्नु र अनर्गल, सामाजिक सद्भाव खल्बल्याउने सामग्री नियन्त्रण गर्न अहिले सरकारले सामाजिक सञ्जाल तोकेको मापदण्डअनुसार दर्ता  हुनुपर्ने, प्लेटफर्महरूले नेपालमा गुनासो सुनुवाइ अधिकारी तोक्नुपर्ने प्रावधान आफूहरुले पालना गरेर कानुनी वैधता प्राप्त गरेको उनले जानकारी दिए।

वीटकले आफ्नो प्रयोगकर्तालाई ‘मनिटाईजेशन’ सुविधा दिने, लालीगुराँस जस्ता फुल गिफ्ट गर्न मिल्ने सुविधा दिने लगायतका विविध योजनामा काम गरिरहेको र  दसैँलगत्तै आफ्नो एक प्रयोगकर्तालाई मासिक ५० हजार पुरस्कार पनि प्रदान गर्ने उनले बताए।

‘नेपाली युवाको आइडियामा बनेको वीटकमा नेपाली जोडिनु हुन्छ भन्नेमा विश्वस्त छौँ। तर, हामी प्रयोगकर्तालाई सेवासुविधासँगै आकर्षक अफर पनि दिन्छौँ । हामीलाई नेपाली प्रयोगकर्ता चाहिएको छ, साथ पाएमा हामीले अन्य प्लेटफर्मको पनि निर्माण गर्नेछौँ’, उनले भने।

क्षितिजका अनुसार फेसबुक, एक्स जस्ता प्लेटफर्म तीन महिनामा तयार गर्न सकिन्छ । आफ्नो देशको डेटा आफैँ कहाँ सुरक्षित राख्ने भए आफू जस्ता युवालाई सरकारले सघाउनुपर्ने उनको भनाइ छ।

वीटकले हिपहप समुदायलाई केन्द्रमा राखेर ‘क्रिएटर इकोनोमी’ निर्माण गर्ने लक्ष्य राखेको पनि सुनाए। यसअन्तर्गत प्रतिस्पर्धा, क्यास गिभअवे, डान्स च्यालेन्जलगायत अनलाइन र भौतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। उपभोक्ताले वीटक एप डाउनलोड गरी लगइन गरेर आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २०८२ भदौ २२ गते आईतबार ०८:४४
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना