काठमाडौं- भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएपछि घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।
आन्दोलनमा घाइते भएर लगिएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ। यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो।
शरीरमा गोली लागेका उपचारका क्रममा नै मृत्यु भएको सिभिल अस्पतालका मेडिकल डाइरेक्टर दिपक पौडेलले जानकारी दिए। उनले भने- ‘ कम्तिमा ७० जना घाइते अस्पतालमा छन्।’
घाइतेहरुमध्ये केहीको अवस्था चिन्ताजनक छ।
प्रकाशित: २०८२ भदौ २३ गते सोमबार ०१:५६