काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध आइतबार राजधानीमा जुलुस र धर्ना कार्यक्रम गरेको छ।
बिहान नौ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ बानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताए।
धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुने पनि जनाइएको छ।













