२०८३ कार्तिक १३ गते बिहिबार

अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १
Photo

काठमाडौः पाकिस्तानका प्रमुख सहरहरूमा मनसुनको वर्षासँगै दोहोरिँदो बाढीको समस्या झन् गम्भीर बन्दै गएकोबारे कराचीमा मंगलबार भएको एक कार्यक्रममा विज्ञहरूले चेतावनी दिएका छन्।

अर्बन रिसोर्स सेन्टरले आयोजना गरेको कार्यक्रममा आर्किटेक्ट तथा टाउन प्लानर आरिफ हसन र एनइडी विश्वविद्यालयका प्राध्यापक डा. नोमान अहमदले मनसुनको ढाँचा परिवर्तन भइसकेको र यसको असरले ठूला सहरहरूमा गम्भीर रूपमा देखिन थालेको बताएका छन्।

डा. अहमदका अनुसार यस वर्ष कराची, लाहोर, सियालकोट, फैसलाबाद, सरगोधा र कसुर जस्ता सहरहरूमा सामान्य भन्दा धेरै वर्षा भएको छ। “थोरै पानी परे पनि न्युन क्षेत्रहरू डुबानमा पर्छन् तर सडकहरूमा जमेको पानी निकाल्ने निकास भने सुख्खा देखिन्छन्,” उनले भने। उनका अनुसार नयाँ विकास योजनाहरूले प्राकृतिक निकासहरू पूर्णरूपमा बन्द गरिदिएका छन्, जसले पानी बग्ने मार्ग नै रोकेको छ।

उनीहरूले गत अगस्ट १९ मा कराचीको शारे फैसल क्षेत्रमा आएको पानीले उद्धारका गाडीहरू नै बिगारेको उदाहरण दिएका छन्। अहमदले प्राकृतिक रूपमा पानीलाई नदी वा समुद्रमा लैजान सक्ने स्टर्म वाटर ड्रेनेज प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

आरिफ हसनले भने उत्तरी पहाडी क्षेत्रबाट दक्षिणतर्फ बग्ने पानीको मार्गमा मानव बस्ती बसाल्दा बाढीको समस्या झन् बढेको बताए। “पहिला बस्ती बसाल्नुअघि त्यहाँ पानीको प्राकृतिक बहाव अवरुद्ध त छैन भनेर हेर्नुपर्छ,” उनले भने।

उनीहरूले २०२० मा गरिएको युआरसीको सर्वेक्षण उद्धृत गर्दै कराचीका ३४ साना ढलमध्ये ३० वटा अवरुद्ध भएको र ठूलो महमूदाबाद नालाका १८ निकास बिन्दुमध्ये १४ वटासम्म बन्द रहेको बताएका छन्। कराचीका करिब २७ लाख भवनको छानाबाट बग्ने पानी सडकमै खस्ने र लयारी वा मलिर नदीमा लैजाने कुनै व्यवस्था नभएको उनले बताए।

हसनले समाधान खोज्दा प्रभावित समुदायलाई बेवास्ता नगर्न आग्रह गर्दै भने, “हामीले गुज्जर, ओरांगी र महमूदाबाद नाला सफा गर्न हजारौंलाई विस्थापित ग¥यौं तर बाढी समस्या समाधान हुन सकेन।”

कार्यक्रममा अगस्ट १९ को वर्षापछि कराचीको निपा चौरंगी क्षेत्रमा डुबान भएको दृश्यसमेत प्रस्तुत गरिएको थियो। आयोजक जाहिद फारूकले भने, “त्यो दिनको पानीले कराचीका धनीदेखि गरीब सबैलाई एउटै रूपमा प्रभावित बनाएको थियो।” विज्ञहरूले सरकारले दीर्घकालीन रणनीति बनाउन, प्राकृतिक निकास मार्गहरू पुनःस्थापना गर्न तथा आकस्मिक उद्धारका लागि स्वयंसेवकहरूलाई तालिम र उपकरणसहित तयारी गराउनुपर्ने सुझाव दिएका छन्।

प्रकाशित: २०८२ असोज १ गते बुधबार १२:२६
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना