एजेन्सी: मंगलबार राति फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ। धेरै भवनहरू भत्किएका छन्। भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन्।
अधिकारीहरूले भग्नावशेषमुनि फसेकाहरूलाई उद्धार गर्ने प्रयास भइरहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सेबु प्रान्तको बोगो शहरबाट लगभग १९ किलोमिटर उत्तरपूर्वमा थियो र गहिराइ लगभग १० किलोमिटर थियो।
भूकम्पपछि सुनामी चेतावनी जारी गरिएकोमा पछि फिर्ता लिइएको छ।
भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार टोलीहरू खटाइएका छन्, र स्थानीय अधिकारीहरूले मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन्।
सेबुकी गभर्नर पामेला बारिकुआत्रो मंगलबार बोगो शहर आइपुगेका छन्। र त्यहाँ राहत केन्द्र स्थापना गर्ने काम सुरु भएको उनले जानकारी दिएका छन्।


