२०८३ कार्तिक १६ गते आईतबार

सुरक्षित र सावधानीपूर्वक रहनुहोस्, राज्य तपाईँको साथमा छ : प्रधानमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १८
suhila_karki

काठमाडौँ: देशभर अविरल वर्षाका कारण ठाउँ-ठाउँमा बाढी, पहिरो र डुबानसहित सम्भावित जोखिम बढेपछि प्रधानमन्त्री सुशीला कार्कीले विशेष सम्बोधन गरेकी छन्। शनिबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले अझैँ दुई दिन निरन्तर वर्षाको सम्भावना भएकाले नागरिकलाई सुरक्षित र सावधानीपूर्वक रहन आग्रह गरेकी छन्।

हाल नदी नालाहरूको बहाव उच्च सतर्कताको तहमा रहेको, निरन्तर वर्षाका कारण खतराको तहमा जान सक्ने सम्भावना अधिक रहेको तथा  स्थानमा पहिरोको जोखिम पनि उत्तिकै रहेको बताउँदै उनले यो चुनौतीपूर्ण समयमा सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा  रहेको बताइन्। यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरू आपतकालीन सेवाहरू नागरिकहरूलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित गर्न चौबीसै घण्टा तयार रहेको उनको भनाइ छ।

डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुने नागरिकलाई ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउन आग्रह गरेकी छन् प्रहरी र अन्य विपद व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिन उनले आग्रह गरेकी छन्। सुरक्षा नै  राज्यको सरोपरी चिन्ता भएको बताउँदै उनले आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्न पनि भनेकी छन्।

यसैगरी सम्भाव्य विपदको जोखिमको आकलन गर्दै सरकारले  असोज १९ र २० गते देशभर सार्वजनिक विदा पनि दिएको जानकारी उनले दिएकी छन्।

पुर्णपाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू देशभर भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने सम्भावना छ। हामी बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौँ र जोखिमको परिस्थिति बढ्ने क्रममा छ। हाल नदी नालाहरूको बहाव उच्च सतर्कताको तहमा छ र निरन्तर वर्षाका कारण खतराको तहमा जान सक्ने सम्भावना अधिक छ। धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ।

यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरूलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन्। यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरू आपतकालीन सेवाहरू नागरिकहरूलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित गर्न चौबीसै घण्टा तयार अवस्थामा रहेका छन्।

हामीले सबै उपलब्ध स्रोतहरू परिचालन गरेका छौँ र सबै आम नागरिक, राष्ट्रिय र स्थानीय निकायहरूसँग मिलेर काम गरिरहेका छौँ। हामी महत्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेका छौँ र अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्गहरू पुनः खोल्नलाई प्राथमिकता दिनेछौँ। हाम्रा टोलीहरूले काम गरिरहेको बेला म सबैलाई प्रत्यक्ष अपिल गर्दछु। तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्। अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्। बाढीको पानीमा वा पहिरोमा गाडी नचलाउनुहोस् वा आवातजावत नगर्नुहोस्। तीव्र बहाव, डुबान र अस्थिर सडकहरूको खतरा उच्च छ।

यदि तपाईं डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउनुहोस्। कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र गर्नुहोस। प्रहरी र अन्य विपद व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिनुहोस्। तपाईंहरूको सुरक्षा नै हाम्रो सरोपरी चिन्ता हो। आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस्। सम्भाव्य विपदको जोखिमको आकलन गर्दै सरकारले मिति २०८२ असोज १९ र २० गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

हामी तपाईहरूको चिन्ता र कठिनाइलाई बुझ्छौँ। म प्रष्ट पार्न चाहन्छु तपाईं यसमा एक्लो हुनुहुन्न। राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईंहरूसँग छन्। हामी यो जोखिमलाई मिलेर पार गर्नेछौँ। हामी नियमित रुपमा अद्यावधिक सूचना तथा जानकारीहरू प्रसारण गरिरहनेछौँ। अन्तमा यहाँहरूसँग मेरो अनुरोध छ, यहाँहरू सुरक्षित र सावधानीपूर्वक रहनुहोस्। धन्यवाद।

प्रकाशित: २०८२ असोज १८ गते शनिवार ०७:२३
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना