२०८३ कार्तिक १३ गते बिहिबार

पौडीमा विकासको दुई राष्ट्रिय किर्तिमान

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २२
Nepal Click

काठमाडौं – विकास कुमालले ११ औं एनएसए कप पौडी प्रतियोगितामा दुई राष्ट्रिय किर्तिमान सहित स्वर्ण जितेका छन्।

कुमालले ५० मिटर र २०० मिटर ब्रेष्ट स्ट्रोकमा किर्तिमाना राखेका हुन्। ५० मिटरमा हिट चरणमा ३० दशमलव ३० सेकेन्ड र २०० मिटरमा फाईनलमा २ मिनट ३४ दशमलव ७४ सेकेन्ड समयका राष्ट्रिय किर्तिमान राखेको हुन्। यस अघि दुवै विधाको किर्तिमान शुभम श्रेष्ठको नाममा रहेको थियो।

५० मिटरमा शुभमको ३१ दशमलव ५७ र २०० मिटरमा २ मिनट ३६ दशमलव ७५ सेकेन्डको समयको किर्तिमान रहेको थियो।

यस्तै नासिर याहा हुसेनले २०० मिटर फ्रिस्टयलमा आफ्नै नाममा रहेको १ मिनट ५९ दशमलव ९४ सेकेन्ड समयको किर्तिमानलाई हिट चरणमा १ मिनट ५९ दशमलव ६५ सेकेन्ड समयका साथ भंग गरे भने उनले फाईलनमा पुन उक्त समयमा सुधार गर्दै १ मिनट ५८ दशमलव २३ सेकेन्ड समयमा साथ नयाँ किर्तिमान कायम गरेका छन्।

यस्तै गरि डुवाना लामाले पनि किर्तिमान राखिन्। उनले आफ्नै नाममा ५० मिटर ब्रेष्ट स्ट्रोकमा राखेको ३५ दशमलव ८३ सेकेन्डमा समयमा सुधार गर्दै ३५ दशमलव
७९ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेकी हुन्।

यसैगरि २०० मिटर ब्याकस्ट्रोकमा तेन्जिन नामदोल रायन गुरुङ्गले आफ्नो नाममा रहेको २ मिनट ३० दशमलव २२ सेकेन्ड समयमा सुधार गर्दै हिट चरणमा २ मिनट २६ दशमलव ६९ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरेका थिए। उनले पुन फाईनलमा उक्त समयमा सुधार गर्दै २ मिनट २२ दशमलव १५ सेकेन्डको नयाँ किर्तिमान कायम गरे।

फाईनलमा प्रारम्भ भण्डारीले पनि हिट चरणमा तेन्जिनले कायम गरेको २ मिनट २६।६९ सेकेन्डका समयलाई २ मिनट २६ दशमलव २३ सेकेन्डले तोडेता पनि तेन्जिनको नाममा अन्तिम किर्तिमान रह्यो।

५० मिटर बटरफ्लाईमा अजल काजी ताम्रकारले नयाँ किर्तिमान राखे। उनले सयद हमजा शाहले राखेको २६ दशमलव ९३ सेकेन्ड समयलाई भंग गर्दै हिट चरणमा २६ दशमलव ७९ समयका साथ नयाँ किर्तिमान राखे भने फाईनलमा उक्त समयमा सुधार गर्दै २६ दशमलव ५७ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरे।

यस्तै अर्को किर्तिमान सस्तिका भण्डारीको नाममा रह्यो। भण्डारीले २०० मिटर बटरफ्लाईमा नयन शाक्यको नाममा रहेको ३ मिनट ९ दशमलव ९१ सेकेन्ड समयलाई भंग गर्दै हिट चरणमा ३ मिनट ६ दशमलव ४५ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरिन्।

प्रकाशित: २०८० जेठ २२ गते सोमबार १०:५९
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना