काठमाडौँ: सप्तकोशी नदीको बाढीले सतर्कता तह पार गरेको छ। नदीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई सचेत रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
अहिले भारी वर्षा रहेको र उक्त वर्षा बेलुकासम्मै निरन्तर रहने हुनाले अति उच्च सतर्कता अपनाउन विभागले जारी गरेको सूचनामा भनिएको छ। ‘सप्तकोसी चतरामा बहाब सतर्कता तह पार गरेको।
भारी वर्षा भइरहेको र आज बेलुकासम्मै निरन्तर रहने हुनाले कोसी नदीमा बाढी बढिरहेको, बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।


