काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली भूमी कुनै पनि विदेशीलाई दिने हक कुनै पनि प्रधानमन्त्रीलाई नभएको बताएका छन्। सोमबार प्रतिनिधि सभामा विरोधको मत राख्दै यस्तो उल्लेख गरेका हुन्।
‘कालापानीसम्म म पनि पुगेको छ। हाम्रो लिम्पियाधुरा, हाम्रो लिपुलेक। नेपाली भूमि अरु विदेशीलाई दिने हक हाम्रो प्रधानमन्त्रीलाई दिएको छैन,’ उनले भने, ‘उहाँले के आधारमा त्यो वक्तव्य दिनुभयो।’
आफूहरूको जग्गा सट्टाभर्ना गर्ने सम्बन्धमा राष्ट्रियता बेच्न नसकिने भट्टराईले भनेका छन्। ‘जुनसुकै लम्पसारवादका विरुद्ध एमाले उभिन्छ। त्यसकारण एमालेको विरोध कायम छ,’ उनले भने।
भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भूमी सट्टाभर्ना सकिने उल्लेख गरेका थिए। उनको उक्त अभिव्यक्तिका विषयमा यतिबेला देशमा विरोध भइरहेको छ।


