काठमाडौँ: शुक्रबारदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोले अझै देशभर १८ वटा सडक पूर्णरुपमा अवरुद्ध छन्। अवरुद्ध केही सडकमा भने एकतर्फ गाडी गुडिरहेको प्रहरीले जनाएको छ।
राति ९ बजेदेखि बन्द गरिएको नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग भने बिहानदेखि खुलका छन्। ती सडक आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका हुन्।
अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन्। जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन्।
पूर्णरुपमा अवरुद्ध सडकहरू:



