२०८३ कार्तिक १२ गते बुधबार

दानी दधिका ती दिन र यी दिन

 |  नारायण अमृत
Sanket

नारायण अमृत

काठमाडौँ, असोज २०
image3

‘संसारको जुनसुकै कुनामा बसे पनि यस्सो आँखा चिम्लिदा मन–मस्तिष्कमा आफू जन्मे–हुर्केको गामठामकै तस्बिर आउँछ।’

पारिवारिक र निजी कामको सिलसिलामा लन्डनदेखि काठमाडौं उत्रेका व्यवसायी दधि आचार्य ढाइ महिनाअघि तारकेश्वरमा रहेको अपांग सेवा केन्द्रमा भेटिए। आफ्नो वैवाहिक वर्षगाँठको छेको पारेर आर्थिक सहयोग गर्ने उद्देश्यले केन्द्रमा पुगेका आचार्य नेपाल आउँदा कुनै कुनै सामाजिक उद्देश्यसहितको अनुक्रम तय गर्छन्। पछिल्लो पटकको नेपाल बसाइमा उनी अरु केही धार्मिक अनुष्ठानमा दान गर्न र एकाध सामाजिक संस्थाहरूका लागि पनि उदारमना बनेर देखिए।

उनका लागि यो आकष्मिकता होइन, नियमितताजस्तो हो।

‘समाजसेवाका विषयमा धेरै बोल्न मन लाग्दैन । यत्ति भनौं, सहयोग–सद्भावले मनमा एक प्रकारको शान्तिको अनुभूति हुन्छ,’ मन्द मुस्कानी अदासहित आचार्यले भने, ‘सामाजिक काम नेपाल आउँदाको कुरा मात्र रहेन । उता, लन्डनमा पनि हामीले समानान्तरमा रुपमा केही न केही गरिरहेका हुन्छौं । यो त एउटा आदतजस्तो बनिसक्यो।’

आचार्यको जीवनग्राफ नियाल्ने हो भने उनको बाल्य, किशोर र युवावस्थाको प्रारम्भ पर्वत जिल्लाको धाइरिङ र यस वरपरको भूगोलमा बित्यो। आफू १२ वर्षको हुँदा बुबा गुमाएका आचार्यले परिवार, समाज र सम्बन्धबाट मात्र होइन, प्रकृति र परखबाट सिक्ने कुरा यही आयातनमा सिके। ‘ओहो, ती दिन अलग थिए । मेलापाता र घाँस–दाउरा गर्दै गाउँको स्कुलमा पढियो। शिक्षक र शिक्षाको वातावरण पर्याप्त थिएन। यतिसम्म कि, धाइरिङबाट ट्युसन पढ्नकै लागि पाङ, खुर्कोटस्थित हिमालय माध्यमिक विद्यालयसम्म पनि आइयो’, पुराना दिन उनको आँखामा नाचे, ‘एसएलसीपछि भने म बाग्लुङको महेन्द्र बहुमुखी क्याम्पस पुगें । कानुन पढ्न सुरु गरें। अलि–अलि राजनीतिक चस्का पनि लागेको थियो।’

दधि एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यका भाइ पनि हुन्। कुल त्यतिबेला गाउँकै विद्यालयमा पढाउँथे। परिवारमा आमाको वात्सल्यपूर्ण मियोमा दुखम्–सुखम् दिनहरू छिचोलिँदै थिए।

दधि बाग्लुङमा प्रवीणता प्रमाणपत्र तह सकेपछि पोखरा झरे। दुई वर्ष त्यहीँ पढे र तेस्रो वर्ष उनी नेपाल ल क्याम्पस काठमाडौं आए। मनमा विदेशतिर हान्निने हुरी मडारिएको थियो। उनले दुई–तीन पटक विदेश अप्लाइ गरे पनि काम भएन।

‘अन्ततः सन् २००१ मा बेलायत पुगियो । नयाँ भूगोल, नयाँ चालचलन र नयाँ परिस्थितिमा पुगेपछि नयाँ संघर्ष सुरु भयो । सिकाइ र भोगाइको नयाँ चरण सुरु भयो’, दधिले परदेशका प्रारम्भिक दिनबारे बेलिविस्तार लगाए। भने, ‘म रेस्टुराँ, त्यो पनि किचनमा परिकारसँग रमाउने मान्छे परें। किचनमा आइपर्ने सबै काम गरियो । सेफहरूसँग सिकियो।’

लन्डन पुगेपछिका दिनमा उनका लागि दाजु कुल आचार्य दाजु मात्र कहाँ रहे र! परिकारको सृजनशीलता सिकाउने गुरु पनि बने। सुख–दुःखका सारथि बने। ‘दाइ त दाइ नै हुनुभो । पाककला मैले एकजना श्रीलंकनसँग पनि सिकें। अर्को एक जना मीन तामाङ दाइ पनि हुनुहुन्छ। मेरो सिकाइमा उहाँको प्रभाव र योगदान पनि गाढा रह्यो।’

लन्डन पुगेको ५ वर्ष किचन यायाबरी गर्दा उनले अनेक भोगे। यो अनुक्रममा उनलाई त्यहाँको धेरथोर कानुन र सामाजिक व्यवस्था, आप्रवासन एवं व्यावसायिक ज्ञानाभूति मिल्यो। त्यसपछि उनी दाजुसँग मिलेर सुरु गरेको ‘होली काउ’ नामक किचन आउटलेटसँग जोडिए । ‘यो मेरा लागि अर्को टर्निङ पोइन्ट थियो,’ दधि फेरि फिस्स हाँसे।

त्यसयता उनी निरन्तर रुपमा ‘होली काउ’को किचनमा घुमिरहेका छन्। परिकारको उत्पादन, गुणस्तर र सृजनशीलतमा रमाइरहेका छन्। लनडनमा अहिले ‘होली काउ’का ७–८ वटा शाखा छन् । खाना डेलिभरीको उत्पादन र वितरणको यो व्यावसायिक प्रक्रियामा उनले उतारचढाव पनि देखेका छन्। ‘त्यसैले म दुःखमा आत्तिने र सुखमा मात्तिने गर्दिनँ। कर्मप्रति मेरो सदा विश्वास छ’, उनी भन्छन्, ‘मेरा दुई कर्म छन्, एउटा व्यावसायिक कर्म र अर्को सेवा कर्म। सेवाभाव एउटा नित्तान्त मानवीय कर्म हो। यसले अलग खाले स्वान्त सुखायः अनुभूत गराउँछ।’

हुन पनि, युरोपको डायस्पोरावृत्तका सबै नेपालीलाई थाहा छ, दधि हरेक साताजस्तो केही न केही कसैलाई दिइरहकै हुन्छन्। कहिले दुःखमा परेका नेपालीलाई सहयोगको हात बढाइरहेका हुन्छन्, कहिले मठमन्दिर र सार्वजनिक अनुष्ठानका लागि अघि सरिरहेका छन्।

नेपालबाट लन्डन पुग्ने धार्मिक गुरु, राजनीतिकर्मी, कलाकार र पत्रकारलाई आतिथ्य देखाइरहेकै हुन्छन्, उनले। यतिसम्म कि, भारतका गुरु रामदेव र गुरु बालकृष्णसँगको उनको सामिप्य यस्तै आतिथ्यूर्ण सत्कारले बाक्लिएको हो। ‘लन्डनमा म कतिपय भारतीय मन्दिर सञ्चालनको कमिटीमा पनि छु,’ दधिले सुनाए, ‘धर्मले स्वान्त सुखाय अझ उज्यालो पार्छ।’

उनी अहिले परदेश र देश जोड्न बनाइएको अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष हुन्। नेपलिज सेफ एसोसिएसन यूके र पर्वत वेलफेयर सोसाइटी यूकेका पूर्वअध्यक्ष पनि हुन्, उनी । संस्थागत रुपमा पनि उनको सक्रियता लोभलाग्दो छ। व्यक्तिगत हिसाबले उनले हात अघि बढाएका सेवासूची तयार पार्ने हो भने लामो फेहरिस्त तयार हुन्छ। तर, दधि अझै भन्छन्, ‘मैले यो गरें, उसो गरें भन्नु छैन। सधैं सेवा गर्न पुगोस्।’

गएको १५ असारमा दधि काठमाडौंमा रहेका पर्वते कलाकारसँग उपत्यकाको दक्षिणी खेतमा हिलो खेल्दै थिए। हिलाम्य गह्रामा हिलाम्य दधिलाई सोधिएको थियो, ‘तपाईँलाई अझै खुसी केमा मिल्छ दधि सर?’ उनले आँखा अर्धमुदित बनाए। भने, ‘जीवनको अन्तिम स्वास यही भूमिमा फेर्न मन छ। धेरै भोगियो, जानियो र देखियो। आफ्नो भूमि भनेको आफ्नै पो हो त।’

प्रकाशित: २०८२ असोज २० गते सोमबार ०६:२५
Sanket

नारायण अमृत

विगत तीन दशकयता पत्रकारितामा सक्रिय नारायण अमृत नेपाल क्लिक्स डटकमका प्रधानसम्पादक हुन्।
प्रतिक्रिया

थप समाचार

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

कुसुन्तीमा ५ करोडमा लिफ्टसहितको आकाशे पुल बन्दै, कहिलेदेखि सञ्चालनमा आउँछ?

काठमाडौँ: ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले...

दुई महिनामा निजी क्षेत्रमा कर्जा ९३ अर्ब ५२ करोड मात्रै, कृषि र घरजग्गामा घट्यो

भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि...

बागमती प्रदेशमा बैंकहरूको सवा ३६ खर्ब कर्जा, कृषिमा ३.३३ प्रतिशत मात्रै

बागमती प्रदेशमा मात्रै बैंकहरूले ६१.६३ प्रतिशत कर्जा लगानी गरेका छन्। देशभर बैंकहरूले गरेको कर्जा प्रवाह ५८ खर्ब ८० अर्ब रहेको छ।

सेयरमा म्युचुअल फन्डको लगानी घट्दा बैंक मौज्दात बढ्यो, पोर्टफोलियो पुनर्संरचनाको संकेत

भदौ मसान्तसम्म सञ्चालनमा रहेका ६० वटा म्युचुअल फन्डको सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ। साउन मसान्तमा यस्तो लगानी ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ थियो। यसअनुसार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना