२०८३ साउन १३ गते बुधबार

तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
470191149_1349209623125435_2204115489957938499_n

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको पाइएपछि तत्कालीन उपकुलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको आरोपपत्रअनुसार, एमआरआई खरिदका क्रममा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ का प्रावधानहरू उल्लङ्घन गर्दै बदनियतपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमआरआई मेसिन खरिदका लागि Supply, Delivery and Installation of Magnetic Resonance Imaging (MRI) System (IFB No: RAHS/NCB/HE/15/077/078) शीर्षकमा बोलपत्र आह्वान गरेको थियो। तर, खरिद आवश्यकताको पहिचान र खरिद गुरुयोजना नै नबनाई बजेट माग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरिएको पाइएको छ।

त्यसपछि निश्चित कम्पनीसँग मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेशन तयार पारिएको र एकै परिवारबाट सञ्चालित कम्पनीहरूबाट दररेट माग गरी लागत अनुमान तयार गरिएको उल्लेख छ।

अख्तियारका अनुसार, लुम्बिनी हेल्थकेयर प्रालिले  प्रस्ताव गरेको निर्धारित मापदण्ड ४.० GHz भन्दा ९०.४७% कम कार्यक्षमता भएको एमआरआईलाई  मेसिनलाई माइनर डेभियसन भन्दै स्वीकृति दिइएको थियो।

त्यही त्रुटिपूर्ण मूल्याङ्कनका आधारमा सो कम्पनीलाई “सारभूत रूपमा न्यूनतम र प्राविधिक रूपमा उपयुक्त” ठहर गर्दै रु. ११ करोड ४५ लाखको ठेक्का प्रदान गरिएको थियो। अख्तियारका अनुसार लेटर अफ क्रेडिट (एलसी) विदेशी मुद्रामा र ठेक्का नेपालीमा दिइएको भेटिएको छ।

प्रतिवेदनअनुसार, राष्ट्रियस्तरको बोलपत्र  भए पनि अन्तर्राष्ट्रियस्तरका लागि प्रयोग हुने कागजातहरू प्रयोग गरिएको थियो। यसबाहेक, उत्पादक कम्पनी United Imaging Healthcare (Malaysia) Sdn. Bhd. को नाममा एलसी खोलिएको र ठेक्का सम्झौता नेपाली रूपैयाँमा भए पनि भुक्तानी अमेरिकी डलरमा गरिएको पाइएको छ।

खरिद रकम रु. ११ करोड ४५ लाख भए पनि, भुक्तानी र शुल्कसहित रु. १२ करोड ७ लाख ६० हजार ९४६.१८ रुपैयाँ खर्च भएको भेटिएको छ। यसरी अनियमित भुक्तानीका कारण राप्ती स्वास्थ्य प्रतिष्ठानले रु. ६२ लाख ६० हजार ९४६.१८ रुपैयाँ आर्थिक हानि व्यहोरेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ।

खरिद गरिएका एमआरआई मेसिनले तोकिएका मापदण्ड नपुगेको, गुणस्तर र दक्षता समेत कमी भएको अवस्थामा पनि ‘नियमअनुसार परीक्षण नगरी स्वीकृति दिएको’ प्रमाण भेटिएको अख्तियारले जनाएको छ।

१३ जनाविरुद्ध मुद्दा दायर
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ र १९ अन्तर्गत अभियोग लगाउँदै निम्न अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

१. तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारी
२. तत्कालीन कार्यवाहक रजिष्ट्रार झङ्कार लामिछाने
३. फाइनान्स म्यानेजर कैलाश प्रसाद देव
४.  बायोमेडिकल इन्जिनियर शरद भण्डारी
५. बायोमेडिकल इन्जिनियर  अमृत कुमार चौधरी
६. डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी
७. शाखा अधिकृत छायाँ डिसी
८. शाखा अधिकृत श्रीराम चौधरी
९. आईटी अफिसर हिरालाल भण्डारी
१०. सिभिल इन्जिनियर मदन भण्डारी
११. वरिष्ठ सहायक अञ्जु शर्मा
१२. स्वास्थ्य सेवा विभागकी बायोमेडिल इन्जिनियर सुजाता भट्टराई
१३.लुम्बिनी हेल्थकेयर प्रालिका अध्यक्ष पोष्टराज ज्ञवाली

दायर गरिएको मुद्धा यस्तो छः

sangita bhandari1.jpgsangita bhandari2.jpgsangita bhandari3.jpgsangita bhandari4.jpg

प्रकाशित: २०८२ असोज २३ गते बिहिबार ०२:१९
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना