२०८३ कार्तिक १२ गते बुधबार

त्रिवि क्रिकेट रंगशालाको विकल्प खोज्न समितिको सुझाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २७
TU Cricket Ground_NPL (16)

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विकल्प खोज्न सुझाव दिएको छ। पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले क्रिकेट-कभर्ड हल निर्माण गर्ने हालको सरकारी निर्णयको समीक्षा गर्दै पुनर्विचार गर्न नेपाल सरकारले आवश्यक रहेको बताएको छ।

प्रतिवेदनमा त्रिविको कीर्तिपुर परिसरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलका लागि क्रिकेट- कभर्डहल बनाउने घोषणा भएकोलाई समितिले गम्भीरतापूर्वक लिई त्रिविका पूर्व उपकुलपति लगायतका पदाधिकारीहरूको समेत राय बुझेको बताएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘क्रिकेट- कभर्डहल बनाउने घोषणा भएकोलाई समितिले गम्भीरतापूर्वक लिई त्रिविका पूर्व उपकुलपति लगायतका पदाधिकारीहरूको समेत राय बुझी विश्लेषण गर्दा त्रिवि त्यस्तो स्थान हो जहाँ शैक्षिक, प्राज्ञिक उन्नयनका लागि शान्त, सुमधुर एवं सौम्य (वेश सुन्दर ) वातावरण आवश्यक पर्दछ त्यस्तो स्थानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल सञ्चालन गर्दा त्यहाँको शैक्षिक, प्राज्ञिक र अनुसन्धानात्मक कार्यसम्पादनमा नकारात्मक असर परी शैक्षिक एवं प्राज्ञिक वातावरण धूमिल हुन जाने देखिँदा नेपाल सरकारले उक्त निर्णयउपर पुनर्विचार गर्नुपर्ने।’

सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरू अनुसार जुन कामका लागि कानूनले जुन निकाय वा पदाधिकारीलाई जे जस्तो जति अधिकार दिइएको हुन्छ सो कार्य सोही निकाय वा पदाधिकारी मात्र गर्नुपर्ने र त्यस्तो निकायको क्षेत्राधिकारमा हस्तक्षेप वा संकुचन हुने गरी अन्य निकाय वा पदाधिकारीले अधिकार प्रयोग गर्न नपाउने मान्यता रहेको तथ्य स्मरण गर्दै समितिले क्रिकेट- कभर्डहल बनाउने निर्णय पुनर्विचार गर्न सुझाव दिएको हो।

२०८१ असार ३१ गते नेपाली कांग्रेसको सिफारिसमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएपछि सोही दिन सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि भएको बैठकले उक्त निर्णय गरेको थियो।

प्रकाशित: २०८२ असोज २७ गते सोमबार ०१:३५
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना