काठमाडौँ- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली टोली म्यानमारमा छ। दोस्रो चरणको पहिलो खेलमा नेपाली टोलीले मंगलबार म्यानमारको सामना गर्दैछ। नेपाली टोलीले म्यानमारसँग मंगलबार साँझ ५:४५ बजे खेल्ने तय छ।
छनोटको समूह ‘बी’ मा नेपाल चीन, म्यानमार र चाइनिज ताइपेई छन्। यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेईसँग हुनेछ। नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–०ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।
‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ, टिममा एकता छ, हामी कुनै पनि टिमलाई हराउन सक्ने टिम छ, हामी हरेक म्याच जित्नकै लागि खैल्छौँ,’ नेपाली टिमका प्रशिक्षक यमप्रसाद गुरुङ भन्छन्, ‘फिफा वरीयतामा हामीभन्दा माथि भएका टिमहरु छन्। तर हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौँ।’




















