२०८३ कार्तिक १३ गते बिहिबार

बढ्दो आर्थिक संकटबीच बेइजिङमा चिनियाँ नेताहरूको रणनीतिक बैठक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ५
china

बेइजिङ,एएफपी। चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका शीर्ष नेतागण यस हप्ता राजधानी बेइजिङमा भेला भई सन् २०३० सम्म देशको राजनीतिक, आर्थिक र व्यापारिक दिशा तय गर्ने रणनीति बनाउन जुटेका छन्।

अघिल्ला दशकहरूमा अलगाव र गरिबीबाट उठेर विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको चीन अहिले प्राविधिक र औद्योगिक महाशक्तिको रूपमा स्थापित छ। यसको विशाल निर्यात क्षमताले विश्वव्यापी ढुवानी मार्गहरू भरिएका छन्। तर, हालका वर्षहरूमा देशले गम्भीर आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ— तीमध्ये बूढो हुँदै गएको जनसङ्ख्या, सुस्त घरेलु खर्च र अमेरिकासँग बढ्दो व्यापारिक तनाव प्रमुख हुन्।

पार्टीको आगामी पञ्चवर्षीय योजना तयारीमा केन्द्रित ‘चौथो पूर्ण अधिवेशन’ बिहीबार समापन हुँदैछ। यही बैठकले यी जटिल विषयहरूमा नेतृत्वले कस्तो नीति लिन्छ भन्ने कुरामा स्पष्ट सङ्केत दिने अपेक्षा गरिएको छ।
उपभोक्ता खर्च घट्यो

हाल चीनमा उपभोक्ता खर्च कमजोर देखिएको छ। सन् १९७० र १९८० को दशकको उत्तरार्धमा बजार सुधारपछि निर्यातमुखी औद्योगिकीकरण र विशाल पूर्वाधार लगानीबाट देशले दीर्घकालीन विकास हासिल गरेको थियो। तर, अहिले जनसाङ्ख्यिकीय परिवर्तन र सहरीकरण सुस्त हुँदै गएपछि अर्थशास्त्रीहरूले दीर्घकालीन विकासका लागि घरेलु उपभोगमा आधारित मोडेलतर्फ मोडिन सुझाव दिइरहेका छन्।

कोभिड–१९ महामारीपछि उपभोक्ताको विश्वास अझै पुनःस्थापित हुन सकेको छैन। रियल स्टेट क्षेत्रमा जारी संकट, सीमित सामाजिक सुरक्षा र तीव्र प्रतिस्पर्धी श्रम बजारले खर्च घटाएको छ। एएनजेड रिसर्चका विश्लेषकहरूले भनेका छन्, “कमजोर निजी उपभोगका पछाडि चक्रीय र संरचनात्मक दुवै कारण छन्।”

हालैका वर्षहरूमा जनसङ्ख्या घट्दै गएको र कामदारको सङ्ख्यामा गिरावट आएकोले उपभोग ढाँचा परिवर्तन हुँदै गएको विशेषज्ञहरूको विश्लेषण छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनसँगै पुनः बढेको कर नीतिले चीनको निर्यात उद्योगमा थप दबाब सिर्जना गरेको छ। अमेरिकी बजारमा वैकल्पिक मार्ग खोज्ने प्रयास भइरहे पनि दुवै देशबीचको व्यापार तनाव यथावत् छ। वासिङ्गटनले चीनको दुर्लभ पृथ्वी (खनिज तत्व) उद्योगमा लगाएको नयाँ प्रतिबन्धविरुद्ध आफ्ना सहयोगी राष्ट्रहरूलाई पनि एकजुट गर्न खोजिरहेको छ।

अर्थविशेषज्ञहरू आगामी महिना राष्ट्रपति सी जिनपिङ र ट्रम्पबीच हुन सक्ने सम्भावित भेटलाई एउटा व्यापारिक तनाव घटाउने सम्भावनाका रूपमा हेरिरहेका छन्।

चीनले दुर्लभ पृथ्वी पदार्थहरूको उत्खनन र प्रशोधनमा अग्रणी स्थान कायम राखेको छ । यसले व्यापारिक विवादमा त्यसलाई महत्त्वपूर्ण रणनीतिक लाभ दिएको छ। फिच सोलुसनको एकाइ बिएमआईले आफ्नो प्रतिवेदनमा भनेको छ, “चीनको प्रभुत्व तोड्ने प्रयासहरू तीव्र हुँदै जाने छन्, तर छोटो अवधिमा यसको पकड कमजोर हुने सम्भावना न्यून छ।”

चीनले हाल घरेलु उपभोगको कमजोरीलाई सन्तुलन गर्न निर्माण र लगानीमुखी आर्थिक मोडेलतर्फ ध्यान केन्द्रित गरेको छ। तर, यसले उद्योगहरूमा अत्यधिक उत्पादनको समस्या बढाएको छ। नोमुराका विश्लेषकहरूका अनुसार यो अतिक्षमता चीनलाई निर्यात बढाउन बाध्य पारिरहेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा र व्यापारिक तनाव दुबै बढाएको छ।

विद्युतीय सवारी साधनदेखि सौर्य प्यानलसम्मका क्षेत्रमा चीनमाथि बजार ‘बाढी’ ल्याएको आरोप लागिरहेको छ।

यसैबीच रियल स्टेट बजारको पतनले देशको आन्तरिक मागमा गम्भीर असर पारेको छ। सम्भावित घरमालिकहरूको आत्मविश्वास घटेको छ भने इस्पात, कङ्क्रिट र सिसाजस्ता उत्पादनको माग पनि घटेको छ।

नोमुराका विश्लेषकहरूका अनुसार पार्टी नेताहरूको यो साप्ताहिक बैठकले आगामी पाँच वर्षका लागि सबैभन्दा प्रमुख घरेलु चुनौती ‘रियल स्टेटको असन्तुलन समाधान गर्ने’ कार्य हुने संकेत दिएको छ।

बेइजिङमा भेला भएका नेताहरूले यिनै आर्थिक समस्याहरूलाई सम्बोधन गर्ने ठोस नीति निर्माण गर्नुपर्ने दाबीसहित देशको दीर्घकालीन विकासको मार्गचित्र तय गर्ने प्रयास गरिरहेका छन्।

प्रकाशित: २०८२ कार्तिक ५ गते बुधबार ०७:२३
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना