२०८३ कार्तिक २२ गते शनिवार

वीरगन्ज नाकाबाट बिजुली गाडीको आयात १३६ प्रतिशतले बढ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ८
ev

वीरगन्ज: डिजल, पेट्रोलबाट सञ्चालन हुने परम्परागत सवारी साधनलाई विद्युतबाट चल्ने इलेक्ट्रोनिक्स भेइकल (इभी) ले विस्थापित गर्दै गएको छ। डिजल–पेट्रोलको दिनानुदिन बढ्दै गएको मूल्य र परम्परागत सवारीको मर्मत–सम्भारमा लाग्ने खर्चले गर्दा नेपाली उपभोक्ता इभीतर्फ आकर्षित हुँदै गएका छन्।

नेपाली उपभोक्ता परम्परागत वाहनबाट इभीतर्फ सर्दै गएको वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कले समेत पुष्टि गरेको छ। देशको मुख्य व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागि हुने परम्परागत डिजल–पेट्रोलबाट चल्ने जिप, कार तथा भ्यानको आयातमा संकुचन देखिएको छ भने इभीको आयातमा उल्लेख्य वृद्धि हुँदै गएको छ। ‘भविष्यको सवारी’ भनेर चिनिने विद्युतीय दुई पहिए तथा चार पहिए सवारी साधनको आयातमा उल्लेख्य वृद्धि भएको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्ज नाकाबाट नेपालका लागि इभीको आयात १ सय ३६ प्रतिशतले वृद्धि भएको छ भने डिजल–पेट्रोलबाट चल्ने चार पांग्रे सवारी साधनको आयात २४ प्रतिशतले घटेको छ। वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्मको तीन महिनामा १४ करोड ४९ लाख मूल्य बराबरका ९७ वटा विद्युतीय जिप–कार आयात भएकोमा चालु आवको सोही अवधिमा ६८ करोड ७५ लाख रुपैयाँको २ सय २९ थान सवारी आयात भएको छ।

समिक्षा अवधिको तुलनामा ५४ करोड २६ लाख बढी मूल्यका १ सय ३२ थान विद्युतीय जिप–कार बढी आयात भएको भन्सार कार्यालयले जनाएको छ। त्यसैगरी, गत आवको पहिलो त्रैमासिकमा २१ करोड १७ लाख रुपैयाँका १ हजार ४ सय ८१ थान विद्युतीय मोटरसाइकल आयात भएकोमा चालु आवको सोही अवधिमा २८ करोड ७९ लाख रुपैयाँका २ हजार १ सय ९४ थान मोटरसाइकल आयात भएको छ। यो समिक्षा अवधिको तुलनामा ७ करोड ६२ लाख रुपैयाँ बढीका ७ सय १३ थान विद्युतीय मोटरसाइकल बढी आयात भएको भन्सार कार्यालयले जनाएको छ।

विद्युतबाट सञ्चालन हुने अर्थात् रिचार्जेबल सवारीको आयातमा वृद्धि भएसँगै डिजल–पेट्रोल प्रयोग हुने जिप–कारको आयात घट्दै गएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा डिजल–पेट्रोलबाट चल्ने जिप, कार तथा भ्यानको आयात २४ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा ७६ करोड ५८ लाख रुपैयाँका ४ सय ३२ थान जिप, कार तथा भ्यान आयात भएकोमा चालु आवको सोही अवधिमा ६२ करोड २४ लाख रुपैयाँका ३ सय ३० थान सवारी आयात भएको छ। यो समिक्षा अवधिको तुलनामा मूल्यमा १५ प्रतिशत कम तथा संख्यामा १ सय २ थान कम सवारी आयात भएको हो।

नेपालमा मुख्यगरी भारतको टाटा र चीनको बिवाइडीले सबैभन्दा बढी विद्युतीय सवारी साधन भित्र्याएका छन्। पछिल्लो समय बढ्दै गएको विद्युतीय सवारी साधनको मागलाई ध्यानमा राख्दै चिनियाँ कम्पनी बिवाइडीले नेपालको विभिन्न सहरमा आफ्ना बिक्री केन्द्र स्थापन गरेको छ भने ठूलो संख्यामा चार्जिङ स्टेशनसमेत सञ्चालनमा ल्याएको छ।

प्रकाशित: २०८२ कार्तिक ८ गते शनिवार ०४:०१
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

लक्ष्मीपूजामा विद्युतको माग १७०० मेगावाट पुग्ने

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना