२०८३ कार्तिक १६ गते आईतबार

अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४
makai

बाजुरा: बाजुरामा उत्पादित अर्गानिक मकैको माग बढ्दै गएको छ। पछिल्लो समय यहाँका नौवटै स्थानीय तहमा उत्पादित मकैको माग देशका ठूला शहरमा बढ्न थालेको हो।  बाजुराका अधिकांश गाउँ बस्तीमा मकै खेती राम्रो उत्पादन हुने गरेको छ।

मकै राम्रो उत्पादन भए पनि खेती भने जोगाउनै मुस्किल हुने गरेको छ। जङ्गली जनावर बाँदरका कारण मकैखेती सखाप हुँदै आएको हो। मकै अन्य बालीहरू भन्दा धेरै खपत हुने बालीको रूपमा पर्छ। खच्चरहरूलाई दाना खुवाउनदेखि विभिन्न परिकार, तेल, इन्धन, चिनी, रक्सी बनाउन यसको प्रयोग गर्ने गरिन्छ। पहिले बाजुराका कृषकहरूले कमै मात्रामा खेती गर्थे। तर पछिल्लो समय मकैको महत्त्व, माग बढ्दै गएकोले अधिकांश कृषकहरूले मकै बालीमा जोड दिँदै आएका छन्।

पहिले धेरै खेती नगर्ने यहाँका किसानले पछिल्लो समय मकै खेतीमा जोड दिएको बडीमालिका नगरपालिका ७ का स्थानीय लोकराज पाध्यायले बताए। पछिल्लो समय अर्गानिक मकैको माग बढ्न थालेपछि मकै खेतीमा किसानको चासो बढेको पाध्यायको भनाइ छ। मकै खेतीको विस्तारमा जोड दिएपनि लगाएको बाली जोगाउन मुस्किल हुने गरेको पाध्यायले बताए। बाँदरको आतंकका कारण खेती जोगाउन अप्ठ्यारो हुने गरेको छ। बाँदरको आतंक नियन्त्रण गर्न सम्बन्धित निकायले बाँदर धपाउने मेसिन उपलब्ध गराएको खण्डमा सहज हुने यहाँका कृषकहरूको भनाइ छ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यहाँको कुल जमिनको एक हजार ३५० हेक्टर जमिनमा मकै खेती गर्ने गरिन्छ। जसमा ५०.२५ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ । त्यस्तै १.५ मेट्रिक टन मकैको उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनी बताए। कृषि ज्ञान केन्द्र बाजुराले यहाँका कृषकहरूलाई उन्नत जातको मकै बीउ वितरण समेत गर्ने गरेको छ। उन्नत जातको मकैको बिउ वितरणले यहाँका कृषकहरूलाई मकै खेतीमा थप आकर्षित गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

मकैको खेती नेपालको सबै क्षेत्रमा गरिने भए पनि यसको ७०.४२ प्रतिशत क्षेत्रफलमध्ये पहाडी भागमा (समुद्री सतहदेखि ९००—१८०० मि. उचाइसम्म) रहने गरेको छ। मकै बाली नेपालको कुल खाद्यान्न उत्पादनमा करिव २४ प्रतिशत योगदान पुर्‍याउने धान पछिको दोस्रो महत्वपूर्ण खाद्य बालीको रूपमा परिचित छ । मकैमा (प्रोटिन, कार्वोहाइड्रेट, भिटामिन ए, भिटामिन ई) प्रचुर मात्रामा उपलब्ध हुनुका साथै खाद्यान्नका लागी मात्र नभई घाँस, इन्धनका साथै पशु र कुखुरा, गधा, खच्चरको दानाका रूपमा प्रयोग गरिन्छ।

प्रकाशित: २०८२ कार्तिक १४ गते शुक्रबार १२:५१
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना