२०८३ साउन १३ गते बुधबार

बञ्चरेडाँडामा अवरोध भएपछि काठमाडौँ महानगरपालिकाको सूचना: फोहोर घरमै राख्नू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४
ktm

काठमाडौँ: काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः संकटमा परेको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरबाट फोहोर बाहिर ननिकाल्न आग्रह गर्दै सूचना जारी गरेको छ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीयवासीले अवरोध गरेपछि काठमाडौं महानगरपालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्म घरमै फोहोर सुरक्षित राख्न अनुरोध गरेको हो।

महानगरको वातावरण व्यवस्थापन विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकोले फोहर विसर्जन गर्न नसकिएको हुँदा अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घर/ कम्पाउण्डमा सुरक्षित तबरले राख्नुहुन र जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनुरोध छ।’

बुधबारदेखि नै ककनी गाउँपालिका, धुनिबेसी नगरपालिका र बेलकोटगढी नगरपालिकाका स्थानीयवासीले विगतमा भएका १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौंको फोहोर साइटमा प्रवेश गर्न दिएका छैनन्।

स्थानीयवासी र जनप्रतिनिधिहरूले काठमाडौं महानगर र संघीय निकायले बारम्बार गरेका वाचा पूरा नगरेको आरोप लगाउँदै फोहोर नल्याउने अडान लिएका छन्। उनीहरूका अनुसार, दुर्गन्ध नियन्त्रण, लिच्चड व्यवस्थापन, स्वास्थ्य तथा पूर्वाधार सुधारका विषयमा सहमति भए पनि कार्यान्वयन कागजमै सीमित रह्यो।

ककनी गाउँपालिका–१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीले स्थानीयको आन्दोलन न्यायोचित भएको भन्दै महानगरले तत्काल ध्यान नदिए अवस्था झन् विकराल हुन सक्ने चेतावनी दिएका छन्। यसअघि मेयर बालेन शाह स्वयं बञ्चरेडाँडा पुगेर स्थानीयसँग सम्झौता गरेका थिए। तर सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा पुनः फोहोर अवरोध दोहोरिएको हो।

हाल उपत्यकाभरको दैनिक झण्डै १२०० मेट्रिक टन फोहोर व्यवस्थापनमा ठप्प अवस्थासँगै सडक र टोलहरूमा दुर्गन्ध फैलिन सक्ने चिन्ता बढेको छ।

प्रकाशित: २०८२ कार्तिक १४ गते शुक्रबार ०२:३२
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना