२०८३ कार्तिक १२ गते बुधबार

बञ्चरेडाँडामा अवरोध भएपछि काठमाडौँ महानगरपालिकाको सूचना: फोहोर घरमै राख्नू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४
ktm

काठमाडौँ: काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः संकटमा परेको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरबाट फोहोर बाहिर ननिकाल्न आग्रह गर्दै सूचना जारी गरेको छ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीयवासीले अवरोध गरेपछि काठमाडौं महानगरपालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्म घरमै फोहोर सुरक्षित राख्न अनुरोध गरेको हो।

महानगरको वातावरण व्यवस्थापन विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकोले फोहर विसर्जन गर्न नसकिएको हुँदा अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घर/ कम्पाउण्डमा सुरक्षित तबरले राख्नुहुन र जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनुरोध छ।’

बुधबारदेखि नै ककनी गाउँपालिका, धुनिबेसी नगरपालिका र बेलकोटगढी नगरपालिकाका स्थानीयवासीले विगतमा भएका १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौंको फोहोर साइटमा प्रवेश गर्न दिएका छैनन्।

स्थानीयवासी र जनप्रतिनिधिहरूले काठमाडौं महानगर र संघीय निकायले बारम्बार गरेका वाचा पूरा नगरेको आरोप लगाउँदै फोहोर नल्याउने अडान लिएका छन्। उनीहरूका अनुसार, दुर्गन्ध नियन्त्रण, लिच्चड व्यवस्थापन, स्वास्थ्य तथा पूर्वाधार सुधारका विषयमा सहमति भए पनि कार्यान्वयन कागजमै सीमित रह्यो।

ककनी गाउँपालिका–१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीले स्थानीयको आन्दोलन न्यायोचित भएको भन्दै महानगरले तत्काल ध्यान नदिए अवस्था झन् विकराल हुन सक्ने चेतावनी दिएका छन्। यसअघि मेयर बालेन शाह स्वयं बञ्चरेडाँडा पुगेर स्थानीयसँग सम्झौता गरेका थिए। तर सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा पुनः फोहोर अवरोध दोहोरिएको हो।

हाल उपत्यकाभरको दैनिक झण्डै १२०० मेट्रिक टन फोहोर व्यवस्थापनमा ठप्प अवस्थासँगै सडक र टोलहरूमा दुर्गन्ध फैलिन सक्ने चिन्ता बढेको छ।

प्रकाशित: २०८२ कार्तिक १४ गते शुक्रबार ०२:३२
प्रतिक्रिया

थप समाचार

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना