२०८३ कार्तिक १३ गते बिहिबार

ए डिभिजन लिग जित्ने १६औँ क्लब बन्यो चर्च बोइज

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २३
church_boys

काठमाडौँ- चर्च बोइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगको उपाधि जित्ने १६औं क्लब बनेको छ। सन् २०११ मा सुरु भएको नेपालको शीर्ष डिभिजनको लिग जित्ने चर्च बोइज १६औं क्लब बनेको हो। सोमबार दशरथ रंगशालामा थ्रीस्टार क्लबसँग बराबरी खेलेको चर्चले थप एक अंक जोडेर उपाधि जितेको हो।

सहिद स्मारक लिग अन्तर्गत शीर्ष श्रेणीको उपाधि सबैभन्दा धेरै ८ पटक मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। त्यस्तै, आरसीटीले ६ पटक उपाधि जितेको छ। नेपाल पुलिसले ५ पटक उपाधि जितेको छ। विभागीय टिम पुलिसले पहिले पुलिस फोर्सको नाममा खेल्ने गर्दथ्यो। तर अहिले उसको नाम नेपाल पुलिस रहेको छ। यी दुवै नामलाई जोडेर हेर्दा उसले पाँच पटक उपाधि जितेको हो।

चार पकट उपाधि जित्नेमा एनआरटी (एनआरटी एसँगै) रहेको छ। त्यस्तै, लिगको तीन उपाधि जित्ने तीन क्लब रहेको छन्। थ्रीस्टार, संकटा क्लब र र महावीर क्लबले अहिलेसम्म समान ३-३ पटक उपाधि जितिसकेका छन्।

त्यसैगरी, देउराली क्लब, अन्नपूर्ण क्लब र मछिन्द्रले समान २,२ पटक लिग जितेका थिए। सहिद स्मारक ए डिभिजन लिगमा समान एकएक उपाधि जित्ने क्लबमा सुनाखरी एथ्लेटिक्स, बोइज युनियन, फ्रेन्ड्स युनियन, विद्या व्यायाम, सैनिक ११ रहेका छन्।

अब एक उपाधि जित्ने क्लबमा चर्च बोइजको नाम पनि नेपाली फुटबलमा आउने भएको छ। ४४औं संस्करणको लिग चर्च बोइजले जितेर उसले नेपाली फुटबलको इतिहासमा आफ्नो नाम लेखाएको हो।

सोमबार उपाधि जित्ने क्रममा चर्च बोइजले गोल गर्न भने सकेन। फरवार्डमा अन्जन विष्ट, आषिश चौधरी, आशिष चापागाईंले अग्रपंक्तिमा रहेर गोलका लागि निकै राम्रा प्रयास गरे। कहिले गोल मिस भयो। कहिले थ्रीस्टारका गोलकिपर अरुण ब्लोनले बचाए। चर्च बोइजले गोल निकाल्न भने सकेन।

पहिलो हाफको १८औं मिनेटमा थ्रिस्टारका अजयी मार्टिन गोलकिपर प्रिसोसँग वान टू वानको अवस्थामा पनि गोल गर्न सकेनन्। थ्रिस्टारले खेलको २८ औं मिनेटमा पनि त्यस्तै गल्ती गर्‍यो। खेलमा दुवै टिमले गोलका निकै सुनौला अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन्। यससँगै चर्च बोइजले थ्रिस्टारसँग अंक बाँडेको छ।

अहिले एक खेल बाँकी रहँदा चर्च बोइजको ४५ अंक भएको छ। दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको ३९ अंक रहेको छ। मछिन्द्रले दुवै खेलमा जित निकाले पनि ४५ अंक हुनेछ। तर ऊ चर्च बोइजभन्दा हेड टू हेडमा पछि रहनेछ।

त्यसैले चर्च बोइजले उपाधि जित्ने पक्का भएको हो। वि सं २०६६ मा स्थापना भएको क्लबले २०७७ मा सी क्वालिफायरमा छनोट भएको थियो। त्यसपछि यो क्लबले लगातार उपाधि जितिरहेको छ।

उसले गत वर्ष मात्र बी डिभिजन लिगमा जित निकालेको थियो। त्यो भन्दा अघिल्लो वर्ष मात्र चर्च बोइज सी डिभिजनबाट बी डिभिजनमा बढुवा भएको थियो। उसले लगातार तीन सिजनमा सी, बी र ए डिभिजन लिगको उपाधि जितेर मनाङको ऐतिहासिक कीर्तिमानसँग बराबरी गरेको हो।

वि सं २०६६ मा स्थापना भएको क्लबले फुटबल खेल्न थालेको १४ वर्षमै नेपालको शीर्ष डिभिजनमा उपाधि जितेको हो। तर यो कीर्तिमानी वर्ष भने होइन्। स्थापनाको पाँच वर्षमै मनाङले लिग जितिसकेको छ।

यता,आज बराबरी गरेपछि थ्रिस्टारले २९ अंक बनाएको छ। उसलाई अझैसम्म रेलिगेसनको भय रहेको छ। यद्यपि थ्रीस्टार रेलिगेसन जोनमा रहेको खुमलटारभन्दा दुई अंकले मात्र अघि रहेको छ।

प्रकाशित: २०८० जेठ २३ गते मङ्गलबार ०६:१४
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना