काठमाडौँ: गत आइतबार माइतीघर मण्डलामा प्रदर्शन आह्वान गरेर बेपत्ता भएका अभियन्ता निकोलस भुसाल गोरखामा पक्राउ परेका छन्।लागूऔषध सेवनको आशंकामा प्रहरीले नियन्त्रणमा लिन खोजे पनि उनी मोबाइल अफ गरेर बेपत्ता भएका थिए।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई केही समयअघि पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको बताएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरत विकका अनुसार भुसाल प्रहरीको खोजी सूचीमा थिए र उनलाई केही विषयमा बुझ्नुपर्ने आवश्यकताका कारण पक्राउ गरिएको हो।
उनलाई काठमाडौं ल्याएर अदालतमा उपस्थित गराई थप अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ। उनी २३ असोजमा माइतीघर मण्डलामा अनुमति नलिई प्रदर्शनमा सहभागी भएका थिए। त्यस क्रममा प्रहरीले उनलाई पक्राउ गरी लागूऔषध परीक्षण समेत गरेको थियो। परीक्षणमा गाँजा सेवन गरेको प्रमाण भेटिएपछि सुधार गृहमा पठाइएको थियो। केही दिनपछि उनी फेरि सक्रिय र अराजक अभिव्यक्ति दिन थालेका थिए।


