काठमाडौं– काठमाडौं महानगरले २०८ विद्यालयले छात्रवृत्ति वितरण विवरण बुझाएको जनाएको छ।
महानगर शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरणको नामावली पेस गर्ने विद्यालयको नाम सार्वजनिक गरेका हुन्।महानगरको नियमावलीअनुसार संस्थागत विद्यालयले कम्तीमा पनि १० प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ।
महानगरको शिक्षा विभागले पटक–पटक छात्रवृत्ति वितरण विवरण बुझाउन पत्राचार एवं सूचना सार्वजनिक गरे पनि विवरण पेस नभएपछि मंगलबार पुनः ३४२ निजी विद्यालयको नाम सार्वजनिक गरेको थियो।


