काठमाडौँ: गत भदौ २४ गते तोडफोड र आगजनी भएको नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर भत्काउने काम अहिले भइरहेको छ। यही क्रममा आइतबार त्यहाँ काम गरिरहेका मजदुर घाइते भएका छन्।
घाइते हुनेमा हेटौंडाका ३३ वर्षीय राजकुमार स्याङतान, २५ वर्षीय दीपक तामाङ र २१ वर्षीय अजय पाख्रिन छन् ।
भवनको भग्नावशेष लागेर घाइते भएकाहरूको उद्धार गरेर अस्पताल लगिएको छ। घटनास्थलमा प्रहरी पुगेका छन् भने नक्साल भाटभटेनी क्षेत्रमा अवागमन प्रभावित भएको छ।







